बिहीबार, चैत १२, २०८२

६३ जिल्लामा स्क्रब टाइफस, बाह्र सय संक्रमित

मुलुकका ६३ जिल्लामा स्क्रब टाइफस संक्रमण भएको छ। इपिडिपियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउन १ गते कात्तिक १७ गतेसम्ममा १ हजार २ सय ७१ जनामा स्क्रब टाइफस देखिएको छ।
 |  मंगलबार, कात्तिक १९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १९, २०७६

काठमाडौं- मुलुकका ६३ जिल्लामा स्क्रब टाइफस संक्रमण भएको छ। इपिडिपियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउन १ गते कात्तिक १७ गतेसम्ममा १ हजार २ सय ७१ जनामा स्क्रब टाइफस देखिएको छ।

National life

सबैभन्दा बढी प्रदेश ५ मा ४ सय ६७ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा १६ जना छन्।
स्क्रब टाइफस संक्रमण हुनेमा प्रदेश ३ मा ३ सय ७८, सुदूरपश्चिम प्रदेशमा २ सय ५५, गण्डकी प्रदेशमा ७६, प्रदेश १ मा ५७ र प्रदेश २ मा २२ जना छन्।

स्क्रब टाइफस माइट नामक जीवाणुबाट संक्रमण हुन्छ। माइट जीवाणु खेतबारी, वनजंगल, चउर र घरवरिवरि झाडी भएका पाइन्छ। यसबाट जोगिन खेतबारीमा काम गर्दा वा झाडी र जंगलमा जाँदा शरीर डाक्ने कपडा लगाउनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन बताउँछन्।

पुनका अनुसार चौर वा बारीमा बस्दा गुन्द्री ओछ्याएर बस्ने, सकेसम्म भुइँमा नबस्ने, मुसा नियन्त्रणका लागि उपयुक्त अन्न भण्डारण गर्ने गर्नुपर्छ।
अचानक उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीरमा बिमिरा देखिने, आँखा रातो हुने, खोकी लाग्ने, ग्रन्थी सुन्निने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छन्। यस्ता लक्षण देखिनेबित्तिकै उपचार गर्नुपर्ने चिकित्सकहरु बताउँछन्।

समयमै उपचार नगरे मिर्गौला, फोक्सो, मुटुमा असर हुँदै श्वासप्रश्वासमा समस्या भई बिरामीको मृत्यु हुन सक्छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Nov 05, 2019| 06:50 मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्