शनिबार, साउन ३०, २०८३

तारकेश्वरको राजस्व सङ्कलनमा वृद्धि

तारकेश्वर नगरपालिकाले लक्ष्यभन्दा करिब १७ प्रतिशत बढी आन्तरिक राजस्व असुली गरेको छ।
 |  सोमबार, कात्तिक १८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १८, २०७६

काठमाडौं- तारकेश्वर नगरपालिकाले लक्ष्यभन्दा करिब १७ प्रतिशत बढी आन्तरिक राजस्व असुली गरेको छ।

गत आर्थिक वर्ष (२०७५/२०७६) मा रु १२ करोड आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा उक्त अवधिमा नगरपालिकाले रु १४ करोड ४० लाख असुली गरेको हो। यो लक्ष्यको तुलनामा १६ दशमलव ६६ प्रतिशत बढी हो।

‘नगरपालिकाले करको दायरा बढाएसँगै राजस्व सङ्कलनमा वृद्धि भएको हो’, राजस्व शाखाका प्रमुख ईश्वर अँगाईले भने।

अघिल्लो आव २०७४/७५ मा रु १० करोड आन्तरिक राजस्व असुली गरेको नगरपालिकाले आव २०७५/२०७६ मा रु चार करोड ४० लाख बढी असुली गरेको नगरपालिकाले जनाएको छ।

एकीकृत सम्पत्ति कर, मालपोत कर, व्यवसाय दर्ता नवीकरण शुल्क, निवेदन दस्तुर, नक्सापास दस्तुर, सिफारिस दस्तुर, व्यक्तिगत घटना दस्तुर र नाता प्रमाणित दस्तुरलगायतबाट सो राजस्व सङ्कलन गरिएको नगरपालिकाले जनाएको छ। रासस

प्रकाशित: Nov 04, 2019| 13:02 सोमबार, कात्तिक १८, २०७६
प्रतिक्रिया दिनुहोस्