शनिबार, साउन ३०, २०८३

फेरि बढ्यो सुनको मूल्य

निकै उतारचढावबीच कारोवार हुँदै आएको सुनको मूल्य कात्तिक महिना लागेसँगै पुनः उकालो लाग्न थालेको छ।
 |  शुक्रबार, कात्तिक १५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १५, २०७६

काठमाडौं- निकै उतारचढावबीच कारोवार हुँदै आएको सुनको मूल्य कात्तिक महिना लागेसँगै पुनः उकालो लाग्न थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ७०० ले वृद्धि भएको छ।

आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार २०० निर्धारण गरिएको महासङ्घले जनाएको छ। बिहीबार छापावाला सुन रु ७० हजार ५०० मा खरीद बिक्री भएको थियो। 

त्यसैगरी तेजाबी सुनको मूल्य पनि रु ७०० ले वृद्धि भएर प्रतितोला रु ७० हजार ९०० कायम भएको छ। शुक्रबार तेजाबी सुन प्रतितोला रु ७० हजार २०० मा कारोवार भएको थियो। यस्तै चाँदीको मूल्य पनि रु १० ले वृद्धि भएर प्रतितोला रु ८७० पुगेको छ। 

पछिल्लो १५ दिनको अवधिमा सुनको मूल्य दुई पटक घटेको छ भने चार पटक वृद्धि भएको छ। कात्तिक १ गते छापावाला सुन प्रतितोला रु ७० हजार ६०० र तेजाबी सुन रु ७० हजार ३०० मा खरीद बिक्री भएको थियो।

रासस

 

प्रकाशित: Nov 01, 2019| 11:14 शुक्रबार, कात्तिक १५, २०७६
प्रतिक्रिया दिनुहोस्