आइतबार, साउन १७, २०८३

अमेरिकाद्वारा बग्दादीमाथि आक्रमणको भिडियो सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आईएस प्रमुख अबू बकर अल बग्दादीमाथि आक्रमण गर्दाको भिडियो र फोटो जारी गरेको छ । 

यि मधुरा तस्बिरहरुमा अमेरिकी सैनिक सिरियाको इदलिब प्रान्तमा बग्दादी लुकेको घरतर्फ बढ्दै गरेको देखिन्छ । 

पेन्टागनले कार्वाहीका लागि बढेका हेलिकप्टर र त्यसमाथि चलाइएको गोलीको भिडियो पनि सार्वजनिक गरेको छ । 



अमेरिकी केन्द्रीय कमान्डका जनरल केनेथ म्याकेन्जीका अनुसार बग्दादीमाथि कार्वाही सम्पन्न भएपछि अमेरिकी सेनाले बग्दादी लुकेको घरको अग्लो पर्खाल ध्वस्त पारिदिएको थियो ।

यो कार्वाहीमा दुई जना बालक पनि मारिएका थिए । म्याकेन्जीका अनुसार अमेरिकी सैनिकबाट बच्न बग्दादीले आत्मघाती बम विष्फोट गराउँदा ती दुई बालक मारिएका हुन् ।  उनका अनुसार ती दुबै बालक १२ वर्षभन्दा कम उमेरका थिए । 

बग्दादीले विष्फोट गराएपछि उनी र दुई बालक बाहेक अन्य चार महिलाको पनि मृत्यु भएको म्यान्जीले जानकारी दिएका छन् ।  यसबाहेक अमेरिकी सेनाको कारवाहीमा बग्दादी लुकेको घर परिषरमा रहेका अरु धेरै लडाकु पनि मारिएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।