शनिबार, जेठ २, २०८३

गोली प्रहारबाट अमेरिकामा ३ को हत्या, ९ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
एजेन्सी- अमेरिकाको क्यालिफोर्नियामा भएको गोली प्रहारबाट ३ जनाको मृत्यु भएको छ।

क्यालिफोर्नियास्थित लङ तटीय क्षेत्रमा भएको गोली प्रहारबाट अरु ९ जना घाइते भएका छन्।

एपी न्युजका अनुसार स्थानीय समयअनुसार मंगलबार राती अन्धाधुन्ध गोली प्रहार भएको हो। गोली प्रहार गर्ने व्यक्तिबारे केही जानकारी हुन नसकेको प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीहरुका अनुसार एउटा घरमा पार्टी चलिरहेका बेला कसैले अन्धाधुन्ध गोली प्रहार गरेको हो।

एक ४७ वर्षीय ओस्वाल्डो मोरालेसले आफूले करिब १७ पटक गोली चलेको आवाज सुनेको बताएका छन्।

त्यसको केही समयमै प्रहरी आइपुगेको थियो।

अमेरिकामा गोली प्रहारको घटनामा थुप्रै मानिसहरुले ज्यान गुमाइरहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।