आइतबार, चैत ८, २०८२

ट्रम्पले भने, ‘अहिले केही ठूलै भएको छ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेलुकासम्म कुनै ठूलो घोषणा गर्ने संकेत गरेका छन् । 

ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पबाट कुनै घोषणा हुने जानकारी दिए पनि त्यो कस्तो घोषणा हुनेछ भन्ने बारे केही बताएको छैन । 

अमेरिकी सञ्चारमाध्यमहरुले अमेरिकी सेनाले इस्लामिक स्टेट समूहविरुद्ध कारवाही गरेको र त्यसमा अबु बक्र अल–बगदादी मारिएको हुनसक्ने उल्लेख गरेका छन् । 
राष्ट्रपति ट्रम्पले ट्वीट गरेर ‘अहिले केही ठूलो भएको छ’ भनेका छन् ।


न्यूजवीक म्याग्जिनले अमेरिकी सेनाको सूत्रलाई उद्धृत गर्दै सिरियाको इदलिबमा अमेरिकी सेनाले गरेको कारवाहीमा आईएस नेता बगदादी मारिएको जनाएको छ । यद्यपि, यो खबरको आधिकारिक पुष्टि भने भएको छैन । 

सीएनएनका अनुसार पनि अमेरिकी सेनाले बगदादीविरुद्ध अमेरिकी सेनाले सफल कारवाही गरेको छ । उसले सीआईएले बगदादी भएको स्थान पत्ता लगाएको पनि उल्लेख गरेको छ । 
ट्रम्पले अमेरिकी समय अनुसार आइतबार विहान नौ बजे यसको घोषणा गर्नेछन् । 

ह्वाइट हाउसका प्रेस सचिव होगन गाइडलीले सीएनएनसँगको कुरामा ट्रम्पको घोषणा विदेश नीति सम्बन्धमा हुने बताएका छन् । 

बग्दादी विभिन्न देशहरुमा आतंक फैलाइरहेको समूह इस्लामिक स्टेटकका प्रमुख हुन् । विशेषगरी यो समूह सिरिया र इराकमा सक्रिय छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।