आइतबार, चैत ८, २०८२

बेलायतमा मृत फेला परेका ३९ जना चिनिया नागरिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी- बेलायतको एसिक्स सहरमा एउटा कन्टेनर (ट्रक) भित्र फेला परेका ३९ वटा शव चिनियाँहरुको भएको खुलेको छ।

पूर्वी ग्रेजस्थित वाटरग्लेड औद्योगिक क्षेत्रमा बुधवार ३८ जना वयस्क र १ जना किशोरको शव बोकेको कन्टेनर भेटिएको थियो।

हत्याको आशंकामा उक्त कन्टेनरका चालक २५ वर्षीय मो रोबिन्सनलाई पक्राउ गरिएको थियो। 

एसिक्स प्रहरीका अनुसार उक्त लरी बुल्गेरियाबाट एङ्गलसीको हलिहेड हुँदै शनिवार बेलायत छिरेको थियो।

शव फेला परेपछि वाटरग्लेड औद्योगिक क्षेत्र बन्द गरिएको थियो। र त्यहाँ प्रहरीले घेराबन्दी गरेको छ।

सन् २००० को जुन महिनामा ५८ चिनियाँ आप्रवासीका शव बेलायतको डोभरमा एउटा कन्टेनर ट्रकको पछाडि फेला पारिएको थियो। 

हत्या गरेको अभियोगमा उक्त कन्टेनरका डच चालकलाई जेल सजाय भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।