शनिबार, जेठ २, २०८३

लण्डनमा एक ट्रकमा ३९ जनाको शव फेला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
एजेन्सी- लण्डनको इसेक्स सहरमा एउटा कन्टेनर (ट्रक) मा ३९ जनाको शव भेटिएको छ।

बुल्गेरियाबाट आएको ठानिएको उक्त ट्रकमा त्यति ठूलो संख्यामा शव फेला परेको प्रहरीले जनाएको छ। शव बोकेको ट्रकका चालक उत्तरी आयरल्याण्डका व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

लण्डनको एस्सेक्स सहरको प्रहरीका अनुसार उक्त ट्रक बुल्गेरियाबाट एङ्गलसीको हलिहेड हुँदै शनिबार बेलायत प्रवेश गरेको थियो। ट्रकमा मृतक भेटिएकामध्ये ३८ जना वयस्क र एकजना किशोर रहेका छन्।

एस्सेक्सका प्रहरी प्रमुख एन्ड्र्यु मरिनरका अनुसार मृतकहरुको पहिचानको प्रयास भइरहेको छ।

ट्रकका चालकलाई उनी घटनासँग सम्बन्धित रहेको आशंकामा प्रक्राउ गरिएको छ र छानबिन भइरहेको छ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले उक्त समाचारले आफू स्तब्ध भएको प्रतिक्रिया दिएका छन्।

ट्रकमा शव भेटिएको एस्सेक्स शहरको वाटरग्लेड औद्योगिक क्षेत्र अहिले बन्द गरेर प्रहरीले घेरा हालेको छ।

सन् २००० को जुन महिनामा ५८ चिनियाँ आप्रवासीका शव बेलायतको डोभरमा एउटा यस्तै ठूलो कन्टेनर ट्रकमा फेला परेका थिए। जहाँ दुई जना जिवित भेटिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।