आइतबार, चैत ८, २०८२

जापानी सम्राटले सम्हाले राजगद्दी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
टोकियो - जापानी सम्राट नारुहितोले गत मे महिनामै राजगद्दी सम्हालेको भए पनि आज मंगलबार जापान र दुनियाँभरबाट बोलाइएका अतिथिहरुको उपस्थितीमा एक समारोहका बीच उनको राज्यरोहणको औपचारिक कार्यक्रम सम्पन्न भएको छ।    

झन्डै २ हजार अतिविशिष्ट अतिथीहरुको उपस्थिती रहेको उक्त राजकीय समारोहमा 'ताकामिकुरा' भनेर चिनिने जापानी सम्राटको राजगद्दीलाई छोपेर राखिएको पर्दा हटाएर गद्दीको अनावरण गरिएको थियो।
 
सम्राट बनेका निवर्तमान सम्राट अकिहितोका छोरा नारुहितो परम्परागत जापानी पोशाकमा सजिएका थिए। साम्राज्ञी मासाको भने हेर्दा अली सानो देखिने 'मिचिदाई' मा औपचारिक किमोनोमा सजिएकी थिईन।
 
उक्त राजकीय समारोहमा नव घोषित सम्राट आफ्नो राजसिंहासनमा बिराज भए। त्यस लगत्तै उनले आफू आफ्नो मुलुकको संविधान अन्तर्गत रही राष्ट्रिय एकता, अखण्डता र जापानी जनताप्रति सदा उत्तरदायी रहने सपथ पनि खाए। उनले उक्त अवसरमा अन्तर्राष्ट्रिय समुदायसंगको मित्रता र समग्र मानव समुदायको शान्ती र कल्याणका लागि सदैव लागि पर्ने आफ्नो भावनालाई उजागर गरेका थिए। त्यसपछि जापानी प्रधानमन्त्री शिन्जो आबेले सम्राटलाई बधाई ज्ञापन गर्दै जापानी जनताका नाममा सम्बोधन गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।