शनिबार, जेठ २, २०८३

युरोपेली उत्पादनमा अमेरिकाको कर वृद्धि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- संयुक्त राज्य अमेरिकाले आफ्नो उपभोक्ता बजारमा स्वतन्त्र प्रवेश पाइरहेको युरोपेली उत्पादनमाथि करको दर बढाएको छ। 

अमेरिकाले युरोपेली संघबाट आयात हुने ७ अर्ब ५० करोड अमेरिकी डलर बराबरका सामानमा करवृद्धि गरेको हो। 

यसको असर अमेरिकामा प्रशस्त बिक्री हुने युरोपका एयरबस, मदिरा तथा मदिराजन्य वस्तुमा परेको छ। एयरबसमा बेलायत, फ्रान्स, जर्मनी र स्पेनको लगानी छ, जसमा १० प्रतिशत करवृद्धि हुनेछ भने फ्रान्स, स्पेन र जर्मनीबाट आयात हुने वाइनमा अब २५ प्रतिशत कर लाग्नेछ। 

यसअघि युरोप र अमेरिकाबीचको व्यापार–वाणिज्य क्षेत्रमा देखापरेका साझा समस्या र आपसी अससमझदारी अन्त्य गर्न भएका वार्तामा सहमति जुट्न सकेको छैन। वार्ता तार्किक निश्कर्षमा नपुगेपछि अमेरिकाले युरोपेली उत्पादनमा कर बढाएको हो। 

पछिल्लो समय अमेरिका विश्वका उदयीमान क्षेत्र र राष्ट्रबीच आर्थिक मुद्दामा उल्झिन थालेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।