आइतबार, साउन १७, २०८३

अफगानिस्तानको मस्जिदमा बम विस्फोट, ६२ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

अफगानिस्तान - अफगानिस्तानको एक मस्जिदमा भएको विस्फोटमा कम्तीमा ६२ जनाको मृत्यु भएको छ। मस्जिदको छत नै खस्नेगरी देशको पूर्वमा पर्ने नन्गाहरमा भएको उक्त विस्फोटमा कैयौँ घाइते भएका छन्।

उक्त हमला कसले गरेको भन्ने अझै स्पष्ट भएको छैन। तर उक्त क्षेत्रमा तालिबान र इस्लामिक स्टेट दुवै समूह सक्रिय छन्।

संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा हिंसाको स्तर अस्वीकार्य भएको जनाएको भोलिपल्ट यो विस्फोट भएको हो। राष्ट्रसङ्घका अनुसार जुलाई र सेप्टेम्बरको बीचमा अफगानिस्तानमा ज्यान गुमाउने गैरसैनिकको सङ्ख्या ११ सय ७४ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।