आइतबार, चैत ८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चिनियाँ अर्थतन्त्र तेस्रो त्रैमासिकमा अपेक्षित लक्ष्य हासिल भएन  

चिनियाँ अर्थतन्त्र तेस्रो त्रैमासिकमा अपेक्षित लक्ष्य हासिल भएन  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- चिनियाँ अर्थतन्त्रले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षामा अपेक्षित वृद्धिको लक्ष्य हासिल गर्न नसकेको तथ्याङ्क सार्वजनिक भएको छ। यसमा अमेरिकासँगको चीनको व्यापारयुद्धले गर्दा पैदा भएका अन्तर्राष्ट्रिय व्यापारिक कठिनाइहरू र घरेलु मागमा समेत आएको मन्दीलाई प्रमुख कारण ठहर्याएको छ।

आधिकारिक तथ्याङ्कअनुसार सेप्टेम्बरसम्मको अन्तिम तीन महिनाको समीक्षाले गत वर्षदेखि अहिले सम्म जम्माजम्मी ६ प्रतिशतको वृद्धि दर कायम रहेको छ।

यस अवधिमा कम्तिमा ६ दशमलव एक प्रतिशतको आर्थिक वृद्धिको अपेक्षा गरिएको थियो।

सरकारले प्रयोग गरेको कर छुट लगायतका अर्थतन्त्रको उत्पादनशीलतालाई सहयोग गर्ने उपायहरू अपनाए पनि आर्थिक मन्दीले बिस्तारै चीनियाँ अर्थतन्त्रलाई गाँज्न थालेको विज्ञहरूले बताउन थालेका छन।

विश्वको दोस्रो आर्थिक महाशक्तिले बिस्तारै आर्थिक मन्दी झेल्नु पर्ने देखिन थालेको छ। हुन त यो मन्दीको गति एकदमै ढिलो छ तर मन्दीको रफ्तार सुरुसुरुमा यस्तै देखिने तर क्रमशः यसको गति पनि बढ्दै जाने हुन्छ। जे भए पनि यो दर सरकारको लक्ष्य श्रृंखलाभित्रै पर्दछ।

विश्वव्यापी रुपमा दीर्घकालीन असर पर्न सक्ने भएका कारण चिनियाँ अर्थतन्त्रको तागतलाई नजिकबाट नियालिरहेको  छ।

चीन गएका केही दशकयता विश्व अर्थतन्त्रको प्रमुख ‘ग्रोथ इन्जिन’ का रुपमा चिन्दै आएको छ। चीनमा उत्पादित दैनिक उपभोग्य वस्तुदेखि ठूला औद्योगिक यन्त्रहरूको विश्वव्यापी रुपमा उचित माग रहेका कारण चिनियाँ अर्थतन्त्रको मन्दीले विश्वका अन्य मुलुकहरूको आर्थिक उन्नतिमा समेत प्रत्यक्ष नकारात्मक  असर पर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।