आइतबार, चैत ८, २०८२

राष्ट्रपति निर्वाचनको नतिजा आउन अझै केही दिन लाग्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काबुल - अफगान निर्वाचन आयोगले गत महिना भएको अफगान राष्ट्रपतिको निर्वाचनको नतिजा शनिबार घोषणा गर्न नसक्ने बताएको छ। 

आयोगका सचिव हबिब–उर रहमानले सबै मतदाताको बायोमेट्रिक परीक्षण र प्रशोधन गर्न ढिलाई भएका कारण तोकिएको मितिमा चुनावी नतिजा घोषणा गर्न नसकिएको जानकारी दिए।

अफगानिस्तानमा गत सेप्टेम्बर २८ मा राष्ट्रपतिका लागि चुनाव भएको थियो। चुनावमा करिब ९५ लाख मतदाताले नामदर्ता गरेका थिए। 

चुनावमा सम्भावित धाँधली रोक्न पहिलो पटक बायोमेट्रिक प्रणाली प्रयोग गरिएको थियो। तर त्यस्तो मेसिनमा संग्रहित तथ्यांकबाट परिणाम निकाल्न पर्याप्त जनशक्ति नभएका कारण समस्या आएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले चुनावको नतिजा सार्वजनिक गर्ने अर्को मिति अझै तय गरेको छैन। तर प्रारम्भिक नतिजा १० दिनभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको आयोगको भनाई छ।

निर्वाचन आयुक्त मौलाना मोहमद अब्दुल्लाहले पत्रकारहरुसँग कुरा गर्दै केही समस्या रहेपनि चुनावी परिणाम घोषणा गर्न तिब्र रुपमा काम भइरहेको बताए।

चुनावी नतिजालाई पारदर्शी बनाउने सन्दर्भमा मतपरिणाम सार्वजनिक गर्न केही ढिलाई हुनेमा काबुलस्थित अमेरिकी दूतावास, राष्ट्रसंघ र युरोपेली युनियनले जोड दिइरहेका छन्। 

सन् २०१४ मा राष्ट्रपतिको चुनावी मतपरिणामको पारदर्शितालाई लिएर विवाद उत्पन्न भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।