आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मौद्रिक नीतिको यस्तो व्यवस्था, जसले गयो सेयर बजारमा पहिरो

मौद्रिक नीतिको यस्तो व्यवस्था, जसले गयो सेयर बजारमा पहिरो

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जाको सीमा मात्र निर्धारण गरेन, चलाखीपूर्ण ढंगले एकल 'ग्राहक' भन्ने शब्द पनि राख्यो, जसका कारण सेयर लगानीकर्ताहरुमा समस्या पैदा भयो।
 |  सोमबार, भदौ १४, २०७८
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

सोमबार, भदौ १४, २०७८

vianetvianet

काठमाडौं– एक सातामा सेयर बजार परिसूचक (नेप्से) १३७ अंकले ओरालो लागेको छ। यस साताको पहिलो कारोबार दिन आइतबार झन्डै ५० अंकले ओरालो लागेको नेप्से गत साता पाँच कारोबार दिन ८७ अंकले ओरालो लागेको थियो। 

triton college

बजार यसरी ओरालो लाग्नुमा नेपाल राष्ट्र बैंकको ठूलो हात रहेको विश्लेषकहरु बताउँछन्। अर्थतन्त्रको गतिभन्दा सेयर बजारको गति उल्टो भएपछि नेपाल राष्ट्र बैंक निकै तनावमा परेको थियो। त्यसैले उसले नेपाल धितोपत्र बोर्डलाई सेयर बजार किन र के कारणले गर्दा माथि गएको हो भन्ने विषयमा अध्ययन गरी प्रतिवेदन दिन निर्देशन दियो।

बोर्डले सेयर बजार सम्बन्धी अध्ययन गरेको प्रतिवेदनमा बजार केही व्यक्तिको मुठ्ठीमा रहेको र उनीहरुले हालीमुहाली गर्दा अर्थतन्त्रसँग तालमेल नभएको उल्लेख गरियो। त्यस्तै, केही बैंकहरु सेयर कारोबारतिर होमिएका कारण पनि बजार उकालो लागेको प्रतिवेदनमा उल्लेख थियो। 

सोही कारण नेपाल राष्ट्र बैंकले उकालो गतिमा दौडिरहेको बजारलाई रोक्नेगरी मौद्रिक नीति ल्यायो। त्यसअघि गत जेठमा बैंकहरु आफैंले प्रमोट गरेको लघुवित्त संस्थाहरुको सेयरमा लगानी गर्न नपाउने निर्देशन राष्ट्र बैंकले जारी गरेको थियो। यो व्यवस्थाले धेरै बैंक तथा वित्तीय संस्थाहरुले आफूले प्रमोट गरेको लघुवित्तको सेयर किन्न पाएनन्, जसका कारण पनि बजार घट्न मद्दत पुग्यो। 

साथै बैंक तथा वित्तीय संस्थाले एक वर्षभन्दा कम समयका लागि कुनै पनि कम्पनीको सेयर खरिद गर्न नपाइने र खरिद गरिएको सेयर बेच्न पनि नपाइने व्यवस्था गरियो। 

National life insurance

बैंकहरुले सेयर बजारमा अल्पकालीन लगानी गरी फाइदा कमाउँदा इन्साइडर ट्रेडिङको खतरा बढ्नुका साथै अधिकांश बैंकहरुको ध्यान व्यवसाय गर्नेभन्दा पनि अल्पकालीन लगानी गरी नाफा कमाउनेतिर हुँदा रियल सेक्टरको व्यवसाय हुँदैन, जसका कारण आर्थिक वृद्धिमा धक्का पुगिरहेको थियो। 

सोही कारण राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई दीर्घकालिन लगानीको लागि मात्र प्रोत्साहित गर्यो। त्यसले पनि सेयर बजार घट्नका लागि केही मद्दत त पुग्यो, तर राष्ट्र बैंकले सोचेजस्तो भएन। यत्तिको व्यवस्था गर्दा पनि बजार ओरालो नलाग्दा चिन्तित बनेको राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारमा ब्रेक लाग्ने व्यवस्था गर्यो, जसका कारण बजार ओरालो गतिमा हिँडिरहेको छ। अघिल्लो साताको अन्तिममा ३१८० अंकमा अडिएको सेयर बजार आइतबार ३०४४ अंकमा अडिएको छ।

एकै हप्तामा १३७ अंकले बजार ओरालो लाग्नुमा नेपाल राष्ट्र बैंकले गत साउन २९ गते जारी गरेको मौद्रिक नीतिकै ठूलो भूमिका रहेको बताइन्छ।

एकै हप्तामा १३७ अंकले बजार ओरालो लाग्नुमा नेपाल राष्ट्र बैंकले गत साउन २९ गते जारी गरेको मौद्रिक नीतिकै ठूलो भूमिका रहेको बताइन्छ। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जा घटाएर सीमा निर्धारण गर्यो। यसअघि जति रकम पनि सेयर धितोमा कर्जा लिन पाउनेमा मौद्रिक नीतिमा बढीमा १२ करोड रुपैयाँ मात्र ऋण लिन पाउने व्यवस्था गरियो। साथै एक बैंकबाट बढीमा चार करोड रुपैयाँ मात्र ऋण लिन पाउने व्यवस्था भयो। 

त्यस्तै, यदि १२ करोडभन्दा बढी सेयर धितो कर्जा रहेका ग्राहकले २०७९ असार मसान्तभित्र सीमामा ल्याइसक्नुपर्ने व्यवस्था मौद्रिक नीतिमा छ। यो व्यवस्थाका कारण धेरै रकम सेयर कर्जा हुनेहरुले धमाधम बिक्री गर्न थाले, जसले बजारलाई प्रभावित बनायो। 

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जाको सीमा मात्र निर्धारण गरेन, चलाखीपूर्ण ढंगले एकल ग्राहक भन्ने शब्द पनि राख्यो, जसका कारण सेयर लगानीकर्ताहरुमा समस्या पैदा भयो। ‘नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०७७’ को निर्देशन नम्बर ३ को बुँदा ५ मा एकल ग्राहक भन्नाले एकाघर सदस्यहरु जस्तै– बाबु आमा, छोरा,छोरी, दाजु, भाइ, दिदी, बहिनी, सौतेनी आमा, धर्मपुत्र, धर्मपुत्रीसम्म पर्छन्। 

त्यस्तै, एउटै कम्पनीको अर्को कम्पनीमा २५ प्रतिशतभन्दा बढी सेयर भएमा, एक्लै वा संयुक्त रुपमा अर्को कम्पनीको २५ प्रतिशतभन्दा कम सेयर लिएको भए पनि त्यस्तो कम्पनीको व्यवस्थापनमा समितिको अध्यक्ष वा प्रमुख भए पनि सो एकल ग्राहकभित्र पर्नेछन्। एकल ग्राहकको परिभाषाभित्र जमानत बस्ने व्यक्ति वा कम्पनी र एउटै धितोमा एकभन्दा बढी व्यक्तिहरुलाई कर्जा प्रवाह गरेको भएमा एकल ग्राहक मानिने व्यवस्था छ। 

यही व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जाको सीमा निर्धारण गरिएको हो। जस्तै– कुनै एक परिवारमा दाजुले १२ करोडसम्म सेयर धितो कर्जामा ऋण लिएको छ भने उसको ऋण लिँदा जमानी बस्नेदेखि उसका दाजुभाइ, छोराछोरी, बाबुआमा लगायतले पनि थप ऋण लिन पाउँदैनन्। यदि १२ करोड भन्दा माथि पहिले ऋण लिएको छ भने पनि उसले २०७९ असार मसान्तभित्र बिक्री गरी १२ करोडको सिमाभित्र ल्याइसक्नुपर्ने छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ६ अर्ब २८ करोड ३० लाख रुपैयाँ सेयर धितो कर्जामा गएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ११० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षमा यस्तो कर्जा ५० अर्ब ४० करोड ९० लाख रुपैयाँ थियो।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत शुक्रबार एक कार्यक्रममा सेयर धितो राखेर झिकेको ऋण पुनः सेयरमा लगानी गर्दा सेयर बजार बेलुन जसरी फुकेको भन्दै यस्तो चक्रलाई अन्त्य गर्ने गरी एकीकृत निर्देशिका जारी गर्न लागेको जनाएपछि सेयर बजार थप ‘प्यानिक’ भएको हो।

प्रकाशित: Aug 30, 2021| 16:21 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्