शनिबार, साउन ३०, २०८३

जबरजस्ती करणीको आरोप लागेका महरालाई आज अदालत लगिने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- जबरजस्ती करणीको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज जिल्ला अदालतमा उपस्थित गराइने भएको छ। 

महरालाई थुनामा राख्ने अनुमति लिन अदालतमा उपस्थित गराउन लागिएको हो।

महरा संघीय सचिवालयकी कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणीको आरोपमा गत असोज १९ गते पक्राउ परेका थिए। तर, अदालतमा दसैं बिदा भएकाले उनलाई मंगलबार पहिलो पटक अदालत उपस्थित गराउन लागिएको हो। 

महरालाई पक्राउपछि चार दिन महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको थियो। 

गत बिहीबार सरकारी कार्यालय खुलेपछि उनलाई काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरु गरिएको थियो। बयानका क्रममा उनले आफू निर्दाेष भएको दाबी गरेका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।