आइतबार, जेठ २१, २०८०

नेप्से दोहोरो अङ्कले घट्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
Everest Bank
Metro Mart
worldlink
काठमाडौं- धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२.०५ विन्दुले घटेर एक हजार १३६.९६ विन्दुमा पुगेको छ। 

यस्तै सेन्सेटिभ परिसूचक २.७६ विन्दुले घटेर २४९.१७ मा झरेको छ। दशैँको बिदालगत्तै आज दोस्रो कारोवार दिनमा कूल १५४ कम्पनीको आठ लाख ३३ हजार ७५३ कित्ता शेयर रु २१ करेड ८६ लाख ३५ हजार ६९१ मूल्यमा खरीद बिक्री भए।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको बाहेक ११ उपसमूहको शेयर ओरालो लागेको छ। सामूहिक लगानी कोष ०.०५ विन्दुले बढ्दा बैंकिङ १३.४५, व्यापार २.२८, होटल ५३.६६, विकास बैंक ११.४३, जलविद्युत् ९.०७, वित्त ६.३, निर्जीवन बीमा ४९.५३, उत्पादन १.५२, अन्य २.२१, लघुवित्त १३.८५ र जीवन बीमा ३७.१ विन्दुले घटेको छ। 

स्टकका अनुसार कारोवारका आधारमा आज प्रभु बैंकको रु दुई करोड ६५ लाख ७३ हजार १२७ मूल्यमा शेयर खरीद बिक्री भई शीर्ष स्थानमा रहेको छ। यस्तै, सिद्धार्थ बैंक रु दुई करोड ६४ लाख पाँच हजार ८९४, नबिल बैंक रु एक करोड २६ लाख २८ हजार ६७९ मा कारोवार भई शीर्ष स्थानमा रहे। 

स्टकका अनुसार राधी विद्युत् कम्पनीका शेयरधनीले ५.८४, एचआइडिसिएलका लगानीकर्ताले ४.५१ प्रतिशतले कमाउँदा सिनर्जी पावर ६.४९ र अरुण काबेलीका शेयरधनीले ५.६३ प्रतिशतले गुमाए। रासस
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्