आइतबार, चैत ८, २०८२

विश्वमा आज के के भयाे ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari

१.‍ भारतीय राज्य जम्मु कश्मीरको दक्षिणी जिल्ला अनंतनागमा स्थानीय उपायुक्त कार्यालय बाहिर शनिबार अतिवादीहरुले ग्रेनेड हमलामा एक ट्राफिक प्रहरी, एक पत्रकार लगायत १४ जना घाइते भएका छन । जम्मु कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा खारेज गरेपछिको यो दोस्रो ग्रेनेड हमला हो ।

२‍. भारत र बङ्गलादेशले आपसी सम्बन्ध प्रगाढ पार्ने दिशामा दुई मुलुकले कोसिस गरिरहेको भारतीय रेल तथा वाणिज्यमन्त्री पीयूष गोयलले भारत(बंंगलादेश व्यावपार फोरमको बैठकमा सम्बोधन गर्ने क्रममा बताएका हुन्। यी देशबीच रेलवे, वाणिज्य, कारोबार, पोत परिवहन, मत्स्यपालन, दूरसञ्चार, औषधि, अटोमोबाइलसहित विविध क्षेत्रमा हाल भईरहेको द्वीपक्षिय व्यापारमा ठूलो परिमाणमा बढाउँदैन जाने प्रतिबद्धता गरेका छन्।  

३‍. नासाले दुईजना महिला अन्तरिक्ष यात्रीहरुलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाएको छ । तिनले त्यहाँ केन्द्रका लागि आवश्यक उmर्जा व्यवस्था गर्न ब्याटरीहरुको स्तर उन्नति गर्ने बताइएको छ। 

४. अमेरिकी सफ्टवेअर कम्पनी माइक्रोसफ्टले राष्ट्रपति निर्वाचनमा इरानका सरकारी ह्याकरहरु प्रयोग गरी निर्वाचन बिथोल्न सहयोग पुर्याएको तथ्याँक सार्वजनिक गरेको छ।
 
५. चीनले उत्तरी चीनको ताइयुन भू(उपग्रह प्रक्षेपण केन्द्रबाट एउटा 'अबजर्वेसन स्याटेलाइट' प्रक्षेपण गरेको छ।

६. भारतीय वायु सेना प्रमुख राकेशकुमार भदौरियाले आफ्नै एमआई(१७ हेलिकप्टरलाई जमिनबाट आकाशमा प्रक्षेपण गर्ने क्षेप्यास्त्र प्रयोग गरी खसाल्नु गम्भीर गल्ती भएको स्विकारेका छन्।
 
७. अमेरिकी संसद्को संसदीय समितिले अमेरिकी राष्ट्रपतिसँग जोडिएर आएको युक्रेनसँगको अवैध राजनीतिक लाभबारेका कागजपत्र मागेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।