आइतबार, चैत ८, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
हिंसात्मक आन्दोलनहरु चर्किदै जाँदा इराकमा सामाजिक एंव राजनीतिक दंगा नियन्त्रण गर्नका निमित्त इराकी प्रधानमन्त्री आदेल अहमद मादीले शान्तिको लागि आह्वान गरेका छन्।

जापानी प्रधानमन्त्री सिन्जो आवेले आर्थिक एजेण्डालाई प्राथमिकतामा राख्दै आफ्नो नीति वक्तव्यमा संविधानलाई पनि वहसमा ल्याउनुपर्छ भनि आह्वान गरेका छन्।

अमेरिका र टर्कीका सैन्य टुकडीहरुले उत्तरी सिरियाको 'सेफ जोन' भनेर चिनिने एक स्थानलाई सुरक्षा दिन तेस्रो चरणको संयुक्त स्थलगस्ती सुरु गरेका छन्।

इराकको राजधानी बगदादमा भएको हिंसात्मक प्रदर्शनमा ३८ जना भन्दा बढीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।

फ्रान्सको राजधानी पेरिसस्थित प्रहरी मुख्यालयमा भएको चक्कु प्रहारमा चार जनाको हत्या भएको पुष्टि भएको छ।

अन्तर्राष्ट्रिय आणविक उर्जाकी एक उच्च अधिकारी मार्ता जियाकोभाका अनुसार अमेरिकाले जेसिपीओएबाट हात झिकेपछि इरानसँग उक्त सम्झौतालाई बचाउनुपर्ने कुनै आधार नभएको बताएकी छन्।   

गृहयुद्धका कारण ठूलो संकट व्यहोरिरहेको यमनको मुख्य विद्रोही हुथी समूहले अघि सारेको शान्तिको प्रस्तावलाई छिमेकी मुलुक साउदी अरेबियाले सकारात्मक रुपमा लिइएको प्रतिक्रिया दिएको छ। साउदी अरेबियाले यमनी विद्रोहीले आफ्ना तर्फबाट प्रस्तावको कार्यान्वयन भएमा थप सहकार्य गर्न सकिने जनाएको छ।

युक्रेनमा सामान ढुवानी गर्ने एक विमान अवतरणका क्रममा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। विमानमा ८ जना सवार रहेका थिए।

विश्वमा हरेक वर्ष ८० लाख टन प्लास्टिकबाट निर्मित वस्तुहरुको फोहरले विश्वका समुद्रहरुलाई प्रदूषित गरिरहेको एक प्रतिवेदनले जनाएको छ। 

संयुक्त अरब ईमिरेट्सले पाकिस्तानमा सन् २०१९ को अन्त्यसम्ममा पाँच अर्ब अमेरिकी डलर बराबरको तेल प्रशोधन परियोजनामा लगानी गर्ने भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।