आइतबार, चैत ८, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. उत्तर कोरियाले पनडुब्बी मिसाइल परीक्षण गरेको छ । उसले यो वर्ष पूर्वी समुद्री क्षेत्रबाट परीक्षण गरेको ११ औं मिसाइल हो ।

२. बंगलादेशी प्रधानमन्त्रीका अनुसार उनीसँग मुलुकका विभिन्न उच्च निकायमा जिम्मेवारी लिएर बसेका सरकारी कर्मचारीहरु सबैको कालाकर्तुतहरुको संकलन आफूसँग रहेको बताएकी छन् ।

३. हङकङ सरकारले अनुहार ढाक्ने कुनै पनि बस्त्र मुख्यगरी ‘फेसमास्क’ पहिरन नपाउने गरी सार्वजनिक उर्दी जारी गरेको छ ।

४. इरानको शीर्ष नेतृत्वले अन्तर्राष्ट्रिय समुदायसँग आफूले आणविक अस्त्र र अन्य आणविक कार्यक्रमसँग जोडिएका सम्पूर्ण सहमति र सम्झौताहरु त्याग्दै जाने बताएको छ ।

५. बेलायती बोरिश जोनसनले आयरल्याण्डलाई सम्पूर्ण ढंगले बेलायतको मुलधार अर्थतन्त्रसँग जोड्ने एउटा योजना अगाडि सारेका छन् । जसले बेलायत युरोपेली संघबाट सजिलै बाहिरिन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

६. अमेरिकी संसदकी सभामुख नेन्सी पेलोसीले ट्रम्पको महाअभियोगबारे सम्भव भएका सम्पूर्ण तथ्यांक र प्रमाणहरुको नियमित खोजबिन गरिरहने अठोट लिएकी छन् ।

७. प्यालेस्टाइनी विदेशमन्त्री रियाद मल्कीले अमेरिका र इजरायल मिलेर अन्तर्राष्ट्रिय शरणार्थी संगठन र त्यसका ईकाईहरुलाई एकएक गरी नियोजित ढंगले कमजोर पार्दै लाने प्रयत्न जारी राखेको आरोप लगाएका छन् ।

८. बंगलादेशमा प्याजको हाहाकार भएका कारण त्यहाँको समाजका बर्गहरु प्रष्ट चिनिन छाडेको एउटा अध्ययनले जनाएको छ । त्यसका अनुसार मध्यम बर्ग, निम्न मध्यम बर्ग र निम्न बर्ग बजारको एउटै इकाईमा घुलमिल भएर किनमेल गरिरहेको पाइएको छ ।

९. दुई कोरियाबीचको गैरसैन्य क्षेत्रमा अफ्रिकी स्वाईन फिबरबाट मृत्यु भएको एउटा जंगली सुंगुर फेला परेको छ ।

१०. अस्ट्रेलियाको क्वीन्स्ल्याण्ड राज्यमा विश्व अत्यधिक घातक विषालु च्याउ प्रजातिको पोइजन फायर कोरल्स नामको वनस्पती भेटिएको छ । जापान र कोरियाको रैथाने मानिएको यस वनस्पती अस्ट्रेलियामा पनि भेटिएको हो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।