शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
इरानले आफ्नो मुलुकभित्र अमेरिकाको लागि गुप्तचरी गरेको भन्दै एकजनालाई मृत्युदण्ड दिएको छ। साथै दुईजना इरानीलाई १०/१० वर्ष जेल सजाय तोकिएको छ।

अष्ट्रेलियाका अस्पतालहरु विशिष्ट किसिमको साईवर अपराधबाट पीडित भएका छन्। जसले गर्दा इन्टरनेटसँग जोडिएका उपचार उपकरणहरुले काम गर्न छोडेका छन्।

चिनियाँ राष्ट्रपति सि जिनपिङले राजधानी बेइजिङको तियानानमेन चोकमा जनवादी गणतन्त्र चीनको ७० औं वर्षगाँठको औपचारिक समारोहमा चीनको विकास, समृद्धि र सैन्य प्रभुत्वमा केन्द्रीत रही विशाल जुलुश र सैन्य परेडलाई सम्बोधन गरेका छन्।

क्यूवाले मुख्य राजनीतिक जिम्मेवारीहरुमा विभिन्न व्यक्तिहरुलाई नियुक्त गर्न कानुनी सुधार थालेको छ। जसअन्तर्गत राष्ट्रिय सभामा अध्यक्ष, उपाध्यक्ष, सचिव, राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री जस्ता राजकीय जिम्मेवारीमा योग्य व्यक्तिहरुलाई नियुक्त गरिने भएको छ।

अमेरिकाले उत्तर कोरियासँगको आणविक वार्ता पुनः सुचारु हुने बताएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता मोर्गन ओर्तागसका अनुसार आउँदो साता नै दुई देशका उच्च पदाधिकारीहरु वार्ताका लागि भेटघाट गर्नेछन्।

पेरुका राष्ट्रपति मार्टिन भिचकाराले संसद विघटन गरी ताजा जनादेशका लागि निर्वाचनमा जान आह्वान गर्दै संसद भंग भएको घोषणा गरेका छन्।

शरणार्थीका लागि राष्ट्रसंघीय उच्च आयोगले एक प्रतिवेदन सार्वजनिक गर्दै एसिया प्रशान्त क्षेत्रमा विभिन्न आन्तरिक कारणले शरण लिन आफ्नो मुलुक छोड्नेहरुको संख्या हजारौंको भएको तर त्यस क्रममा सयौंले ज्यान पनि गुमाउनु परेको बताएको छ।

इरानी एक जर्नेलले इरानले यहुदीहरुको साम्राज्य ध्वस्त पार्ने वस्तुगत परिस्थिति तयार पारेको भन्ने विवादास्पद वक्तव्य जारी गरेका छन्।

दिनप्रतिदिन रुसबाट सुरक्षा चुनौतिहरु आइरहेको भन्दै स्विडिस नौसेनाको मुख्यालयले जमिनमुनि सितयुद्धको समयमा निर्माण गरिएको भूमिगत विशाल दुर्ग (सैनिक बंकर) लाई पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ। जसभित्र युद्धपोतहरु, विभिन्न सरकारी सचिवालयहरु, अस्पतालहरु तथा कोसौं लामा सुरुङहरु निर्मित छन्।

दक्षिण कोरियाको उपभोक्ता बजार ऋणात्मक तर्फ गएको केन्द्रीय कोरियाली तथ्याङ्क विभागले जनाएको छ। सन् १९६५ देखि हालसम्मको यो सबैभन्दा नकरात्मक वृद्धि देखिएको हो। हाल यो माइनस दशमलव चार प्रतिशतमा झरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।