शनिबार, जेठ २, २०८३

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
१. ७० वर्षको आर्थिक प्रगतिको दौरान चीनले कम्युनिष्ट पार्टीको नेतृत्वमा विपन्नतादेखि विश्व आर्थिक महाशक्ति बन्ने गन्तव्य तय गरेको छ।

२. फ्रान्सले पूर्व राष्ट्रपति ज्याक सिराकको अन्तिम संस्कार सम्पन्न गरेको छ।

३. साउदी राजकुमार सलमानले विश्वका शक्ति राष्ट्रहरुले गतिलो चेतावनी नदिने हो भने इरानले विश्वव्यापी पेट्रोलियम पदार्थको आपूर्तिलाई नै अबरोध पुर्याउने पक्का भएको बताएका छन्।

४. भारतको उत्तर प्रदेश र बिहारमा अबिरल वर्षाका कारण आएको बाढीले सयौं मानिसको मृत्यु भएको छ, लाखौं प्रभावित छन्।

५. मुस्लिम अतिवादी जिहादीहरुले सोमालियामा भएको अमेरिकी सैन्य तालिम केन्द्रलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेका छन्।

६. जर्मन मोटर कम्पनी भोक्सवार्डनविरुद्ध अदालती सुनुवाई सुरु भएको छ।

७. श्रीलंकामा सातवटा हात्तीलाई विष सेवन गराएर मारिएको छ।

८. रुसले एक करोड हेक्टरभन्दा बढी क्षेत्रफलमा लागेको डढेलो नियन्त्रणमा लिन सफल भएको छ।

९. इरानी प्रवक्ताले साउदी अरबले इरानविरुद्ध लगाएका सबै लाञ्छनाहरु आधारहीन र मनगढन्ते भएको बताएका छन्।

१०. भारतले ब्रमोश सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।