शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. राष्ट्रसंघीय महासभाको सबैभन्दा महत्वपूर्ण बहस सम्पन्न भएको छ। जसमा विश्व वास्पीकरण, आतंकवाद र साइबर सुरक्षाबारे चर्चा भयो। 

२. नाइजेरियामा झण्डै पाँचसय बालबालिका तथा बस्यकहरुलाई बन्दी बनाई एउटा इस्लामिक धार्मिक स्कुलले आचरण सुधार्ने नाउँमा अमानवीय यातना दिई कज्याएर राखेको अवस्थाबाट त्यहाँको सुरक्षा फौँजले उद्धार गरेको छ।

३. अमेरिकी राष्ट्रपतीय निर्वाचनको मिति नजिकिँदै जाँदा डेमोक्र्याट पार्टीका उम्मेदवार जो बाइडन अग्रपंक्तिमा देखिएका छन्। हुन त उनका पार्टीभित्रकै निकटम प्रतिद्वन्द्वीहरु बर्नी स्याण्डर्स, एलिजाबेथ वारनले पनि उनलाई कडा चुनौती दिइरहेका छन्।

४. बंगलादेशी महिला क्रिकेट टोलीको प्रमुख प्रशिक्षक भारतीय मुलकी अञ्जु जैनलाई उनले प्रशिक्षित गरिरहेको बंगलादेशी महिला क्रिकेट टिमसँग पाकिस्तानको भ्रमणसँग प्रतिबन्ध लगाइएको छ।

५. एकजना इरानी विज्ञले इरानलाई प्रत्यक्ष फाइदा पुग्न नसक्ने भए आणविक सम्झौतामा इरान अल्झिरहँदा फाइदा नहुने बताएका छन्।

६. चिनियाँ विदेशमन्त्रीले पर्सियाका खाडी क्षेत्रका मुलुकहरुले आफ्नो क्षेत्रीय साझा मुद्दा आफैँबाट समाधान निकाल्न एउटा बार्ता र परामर्शको साझा पञ्च स्थापना गर्नुपर्ने आवश्यकताबारे प्रकाश पारेका छन्।

७. चिनियाँ राष्ट्रिय दिवस नजिकिँदै जाँदा चीन शासित हङकङमा आन्दोलनकारीहरुले विरोध प्रदर्शन चर्काएका छन्।

८. अनावश्यक ‘सेन्सरसीप’ र अनलाईन ‘थ्रेट’ ले पाकिस्तानको पत्रकारिता संकटमा पर्दै गएको त्यहाँका पत्रकार आर उमैमा अहमदले जनाएका छन्।

९. इरानले यमनमाथि युद्धको अप्रत्यक्ष उद्घोष गरेको तर आक्रमणचाँहि युएईमाथि गरेको राष्ट्र संघीय महासभामा यमनी विदेशमन्त्री अल हदरामीले आरोप लगाएका छन्।

१०. ट्रान्सपरेन्सी इन्टरनेशनल बंगलादेश च्याप्टरले बाढीबाट बच्ने तयारीका लागि आवश्यक बन्दोबस्तीका सामान खरिद गर्दा ठूलो आर्थिक अनियमितता भएको र त्यसका लागि सम्बन्धित मन्त्रालय मात्र नभई बंगलादेशी सरकार नै गैरजिम्मेवार भएर प्रस्तुत भएको प्रतिवेदन तयार पारेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।