बिहीबार, चैत १२, २०८२

आज मुटु दिवस : यसरी जोगाउनुस मुटु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-  आज विश्व मुटु दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाईंदैछ। 

विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ। 

विश्वमा मुटुसम्बन्धी समस्या भयावह बन्दै गएको छ । हरेक वर्ष विश्वमा १७ लाख भन्दा बढिको  मृत्यु मुटुसम्बन्धी समस्याका कारण हुने गरेको पाइएको छ ।

नेपालमा पनि पछिल्ला दिनहरुमा मुटुसम्बन्धी रोग बढ्दै गएको छ । नेपालमा झन्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ।  

यसरी जोगाउनुस मुटु

चिकित्सकहरुका अनुसार मुख्य रुपमा ६ कुरामा ध्यान दिने हो भने मुटु रोगको जोखिम कम गर्न सकिन्छ ।

नियमित व्यायाम  गर्ने, सुगर कन्ट्रोल गर्ने, मोटोपन कम गर्ने, चिल्लो र नुन कम खाने, धूमपान र मध्यपान नगर्ने, रक्तचापलाई नियन्त्रणमा राख्ने हो भने मुटुसम्बन्धी समस्या कम गर्न सकिने चिकित्सकहरु बताउँछन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्