शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचनमा मतदान कार्य विभिन्न स्थानमा भीषण बम हमलाका बावजुद पनि जारीरहेको छ। झन्डै ७० हजार सुरक्षाकर्मी तैनाथ गरिएको यस निर्वाचनले अबको नयाँ अफगानिस्तान निर्माण गर्ने नयाँँ रणनीतिक बाटो तय गर्ने आशा गरिएको छ।

२. पाकिस्तानको प्रान्तमा मात्रै वर्षभरी ३,३७७ जनामा डेंगु भाईरस देखिएको स्वास्थ्य अनुसन्धान ब्युरोले जनाएको छ। 

३. प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रमा नाम उच्चारण नगरिकनै पाकिस्तानमाथि आतंकवादको खेती गर्ने मुलुक भन्दै आरोप लगाएका छन्।

४. गाजापट्टीमा भएको इजरायल विरोधी आन्दोलनमा आन्दोलनकारी र इजरायली सैनिकबीच झडप हुँदा कम्तीमा ६३ जना प्यालेस्टाइन विद्रोहीहरु घाइते भएका छन्।

६. रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले विश्वमा गरीबी र अशान्ति छाईरहनुमा पश्चिमेली मुलुकहरुको गैह्र जिम्मेवारीपन प्रमुख रहेको आरोप लगाएका छन्। 

७. विभिन्न सञ्चार माध्यमहरुमा आफ्नो चरित्रहत्या भएको भन्दै युक्रेनका लागि अमेरिकी विशेष प्रतिनिधि कर्ट भोल्करले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन्। 

८. दक्षिण कोरियाले उत्तर कोरियासँगको आफ्नो दुईपक्षीय सम्बन्धमा आमूल परिवर्तन ल्याउने बताएको छ। दक्षिण कोरियाले त्यसैका निमित्त विभिन्न माध्यमबाट सम्बन्धको नयाँ आयाम विकास गरिरहेको पनि प्रष्ट्याएको छ।  

९. पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काश्मिरबारे न्यायपूर्ण ढंगले शान्तिवार्ता गर्न हिम्मत देखाउन चुनौती दिएका छन्। राष्ट्रसंघीय महासभामा आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री खानले शान्ति र स्थिरताका नाममा कश्मीरीहरुमाथि अमानवीय ब्यवहार नदेखाउन पनि चेतावनी दिएका छन्। 

१०. अमेरिकी राष्ट्रपति कार्यालय ह्वाईट हाउस प्रशासनले राष्ट्रपति डोनल्ड ट्रम्पले विभिन्न समयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गरेका टेलिफोन कलहरुबारे जानकारी उपलब्ध गराउन अटेर गरेर आम नागरिकको संविधानप्रदत्त सूचनाको हकलाई समेत बेवास्ता गरिएको सञ्चार माध्यमहरुले जनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।