शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. साउदी राजकुमार मोहम्मद बिन सलमानले पत्रकार खशोग्जीको हत्याको नैतिक जिम्मेवारी लिएका छन्। तथापि उनले उक्त घटना हुनुपूर्व त्यसबारे उनलाई केही जानकारी नरहेको बताएका छन्।

२. फ्रान्सका पूर्व राष्ट्रपति जाक शिराकको निधन भएको छ। उनको बिहीबार ८६ वर्षको उमेरमा निधन भएको उनका ज्वाईँले पुष्टि गरेका छन्। उनीमाथि विभिन्न समयमा भ्रष्टाचारको मुद्दा लागेको थियो।

३. अफगानिस्तानमा सर्वसाधारणको हत्या जारी रहेको छ। पछिल्लो चरणमा लघामान प्रान्तमा अफगान सेनाले २० जना सर्वसाधारणलाई विद्रोहीको कब्जाबाट मुक्त गराएको छ । त्यस क्रममा सुरक्षा बलले तालिवान लडाकुविरुद्ध गरेको कारबाहीमा ६ लडाकुको मृत्यु भएको छ।

४. अस्ट्रेलियामा गर्भपतन गराउन पाउने अधिकारले कानुनी मान्यता पाएको छ।

५. अमेरिका र जापानबीच नयाँ व्यापार तथा वाणिज्य सम्झौता भएको छ। झण्डै ९० प्रतिशत अमेरिकी खाद्य तथा कृषि उत्पादनहरु जापानी बजारमा आयात हुने गर्दछ।

६. बेलायती प्रधानमन्त्री बोरिश जोनसनले ब्रेक्जिटको समय नजिकिँदै गर्दा संसदमा तीब्र आलोचना खेपिरहेका छन्। आउँदो ३१ अक्टोबरमा बेलायत युरोपेली संघबाट निस्किँदैछ।

७. संयुक्त राष्ट्र संघले साइबर क्षेत्र पनि एउटा आतंकवादविरुद्धको अभियान चलाउनु पर्ने अत्यावश्यक क्षेत्र भएको बताएको छ।

८. थाईल्याण्डले १०९ जना गैरकानुनी बर्मेली मुलका कामदारहरुलाई देश निकाला गरेको छ।

९. लेबनानले सूचना प्रविधिको पछिल्लो संस्करण फाईभजीको सेवा सुरु गरेको छ।

१०. अफगानिस्तानकी प्रमुख निर्वाचन आयुक्त हावा अलाम नुरिस्तानीले आउँदो राष्ट्रपतीय निर्वाचनमा आम नागरिकका हैसियतले सम्पूर्ण अफगानी जनतालाई स्वतस्फूर्त ढंगले सहभागी हुन आह्वान गरेकी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।