शनिबार, चैत ७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • साउदी राजकुमारले खशोग्जीको हत्याको नैतिक जिम्मेवारी लिए  

साउदी राजकुमारले खशोग्जीको हत्याको नैतिक जिम्मेवारी लिए  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
बेरुत- साउदी राजकुमार मोहम्मद बिन सलमानले पत्रकार खशोग्जीको हत्याको नैतिक जिम्मेवारी लिएका छन्।

तथापि उनले उक्त घटना हुनुपूर्व त्यसबारे उनलाई केही जानकारी नरहेको बताएका छन्।

विद्रोही पत्रकार जमाल खशोग्जीको हत्या टर्कीको ईस्तानबुलस्थित साउदी कन्सुलेट परिसरभित्र हत्या भएको थियो। 

उक्त हत्या साउदी युवराज महम्मद बिन सलमानको प्रत्यक्ष निर्देशनमा भएको आरोप लागिरहेको थियो। 

साउदी अरेबियाको अर्थतन्त्रलाई बिविधिकरण गरी तेलमा आधारित विद्यमान साउदी अर्थतन्त्रलाई नयाँ उचाईमा पुर्याउने उनको नयाँ योजना पनि छाँयामा परेको थियो। 

अमेरिकी केन्द्रीय अनुसन्धान ब्युरो सिआईएको अनुसन्धान प्रतिवेदनका अनुसार साउदी अरेबियाका असली शासकका रुपमा जिम्मेवारी बहन गरिरहेका युवराज सलमान नै यस हत्याकाण्डका प्रमुख दोषी ठहर्याएको थियो।

सिआईएको यस अनुसन्धान प्रतिवेदनको निष्कर्षलाई हत्या संसारका धेरै मुलुकका अनुसन्धानमा कार्यरत अधिकृतहरुले अधिकारिक मानेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।