१. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको मित्रता सामाजिक सञ्जालमा भाईरल भएपछि पाकिस्तानी मीडियाले इमरान खानलाई ट्रम्पबाट अब केही आशा नगर्न सल्लाह दिएका छन्।
२. जम्मू कश्मीरका पूर्व मुख्यमन्त्री तथा कांग्रेस नेता गुलाम नबी आजादले आफ्नो कश्मीर भ्रमण पूरा गरी जम्मु पुगेका छन्। उनले बुधवार मिडियासँग कुरा गर्दै कश्मीर र त्यहाँका बासिन्दा जति निराश र हतास छन् त्यति जम्मुका जनता पनि निराश र हताश रहेको बताएका छन्।
३. भारतको सिरसौद भन्ने स्थानमा सडक किनारामा दिसापिसाब गरिरहेका दुई बालबालिकालाई कुटपिट गरी हत्या गरिएको छ। स्थानीय प्रहरीले हत्यामा संलग्नलाई गिरफ्तार गरेको छ। आफूलाई सपनामा ईश्वरले राक्षसको संहार गर्ने आदेश पाएको हुनाले तिनको हत्या गरेको आरोपीले बताएका छन्।
४.फ्रान्सेली राष्ट्रपति म्याक्रोंले ईरानसंगको आणविक कार्यक्रमबारे वार्ता पुनःसंचालन गर्नु पर्नेमा जोड दिएका छन्।
५. ब्राजिलको कंग्रेसले राष्ट्रपतिको भेटो समेत बेवास्ता गर्दै आफ्नो सर्वोच्चता कायम राखेको छ।
६. सीमा बन्द गरेपछि नाइजेरियामा आर्थिक संकटको परिस्थिति बन्दै गएको छ।
७. इजरायलले पहिलो महिला वायु सेना कमाण्डर नियुक्त गरेको छ।
८. अस्ट्रेलियाको राजधानी क्षेत्रले पहिलो पटक गाँजालाई मनोरञ्जनको साधनका रुपमा प्रयोग गर्न बैधता दिएको छ।
९. चीनमा भर्खरै निर्मित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार एक कार्यक्रमबीच उद्घाटन गरेका छन्।
१०. सन् २०५० सम्ममा तटीय क्षेत्रका ठूला सहरहरुले १०० वर्षमा एकचोटी मानवजातिले खेप्ने गरेका मौसमी प्रकोप हरेक वर्ष भोग्नुपर्ने राष्ट्र संघीय प्रतिवेदनले देखाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४