शनिबार, चैत ७, २०८२

ट्रम्पविरुद्ध महाअभियोग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
अमेरिका - अमेरिकी तल्लो सदनकी सभामुखले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउन औपचारिक अनुसन्धानको प्रक्रिया सुरु भएको घोषणा गरेकी छन्।

डेमक्रयाट सभामुख न्यान्सी पेलोसीले राष्ट्रपतिमाथि "विदेशी शक्तिलाई अमेरिकी चुनावमा हस्तक्षेप गर्न निम्ता दिएर संविधान उल्लङ्घन गरेको" आरोप लगाएकी छन्।

ट्रम्पमाथि आफ्ना डेमक्रयाट प्रतिस्पर्धी जो बाइडन र उनका छोराविरुद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न युक्रेनी समकक्षीलाई दबाब दिने प्रयास गरेको आरोप छ।

ट्वीटमा राष्ट्रपति ट्रम्पले पेलोसीको घोषणालाई दुराशय राखेर आफूलाई हतोत्साहित गर्ने तुच्छ कदमको संज्ञा दिएका छन्। पेलोसीले राष्ट्रपति उत्तरदायी हुनुपर्ने बताइन्। 

राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गरेको फोनवार्ताबारे एक सुराकीले औपचारिक रूपमा उजुरी हालेको समाचार आएपछि विवाद चर्किएको हो। फोनमा ठ्याक्कै के भनिएको थियो भन्ने अझै अस्पष्ट छ। तर ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई बाइडन र उनका छोराविरुद्ध अनुसन्धान नगरे सैन्य सहायता रोक्ने चेतावनी दिएको डेमक्रयाटहरूको आरोप छ। सभामुख पेलोसीले ट्रम्पले कानुनको उल्लङ्घन गरेको र उनका कदमले 'उनको संवैधानिक जिम्मेवारी' अवज्ञा गरेको बताइन्।

पेलोसीको घोषणाले संसदीय समितिलाई राष्ट्रपतिको फोन संवादबारे अनुसन्धानको निम्ति अनुमति दिएको छ। जसले राष्ट्रपतिद्वारा महाअभियोग भोग्नुपर्ने गलत काम गरे वा नगरेको निश्चित गर्नेछ।

महाअभियोगको पक्षमा विपक्षी डेमक्रयाटहरूको बलियो समर्थन छ।

यदि अनुसन्धान संसद्‌मा अघि बढेमा मतदान हुनेछ र तल्लो सदनबाट सहजै पारित हुने देखिन्छ। त्यसपछि त्यो माथिल्लो सदन सिनेटमा पुग्नेछ। दुईतिहाई बहुमतको खाँचो पर्ने उक्त सदनमा रिपब्लिकनहरूको बाहुल्य रहेकाले त्यहाँबाट पारित हुने सम्भावना भने कम देखिन्छ। ट्वीटहरूको एउटा शृङ्खलामा ट्रम्पले विपक्षी दलले दुराशय राखेर नै संयुक्त राष्ट्रसङ्घको उनको भ्रमण प्रभावित पार्न खोजेको आरोप लगाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।