शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
प्रसिद्ध जर्मन मोटर कम्पनी वोक्सवेगनका अध्यक्ष हर्बर्ट डिएस एवं कार्यकारी प्रमुख हान्स डेट्र पचलाई निकृष्टकोटीको बजार नीति अपनाएर आम उपभोक्तालाई गुमराहमा पारेका त्यहाँको एक सरकारी वकिलको कार्यालयले अभियोग लगाएको छ। उनीहरुले आफ्नो कम्पनीका मोटरहरुबाट हुने प्रदुषणको स्तरबारे गलत सुचना दिएको अभियोग लगाइएको छ।
    
विख्यात पर्यावरणकर्मी तथा 'बर्ड म्यान' भनेर परिचित डेभिड एटेन्बराले अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसन उपर पर्यावरण संरक्षणमा प्रयाप्त काम गर्न नसकेको भन्दै उनको नालायकीपनको खिल्ली उडाएका छन्। 

दक्षिण कोरियामा सहरका सडक एवं गल्लीहरुमा गोप्य क्यामेराहरु राखेर नागरिकको निजी जीवनको गोपनियतामाथि खेलवाड गरेको भन्दै दशौं हजार महिला आन्दोलनकारीहरुले विरोध प्रदर्शन गरेका छन्। उनीहरुले सार्वजनिक स्थलमा महिलामाथि हुने यौनजन्य हिंसाका घटनाहरुको पनि तिब्र आलोचना गरेका छन्।
 
नागरिक सहकार्यका खातिर वातावरण बनाउन इजरायली विदेश मन्त्रीले आफ्ना अरब समक्षीहरुसंग भेटवार्ता गरेका छन्। मध्यपूर्वमा दशकौं पहिलेदेखि नै इजरायल र अरब राष्ट्रहरु बीच आपसी वैमनष्यता जारी रहेकै बेला भएको यो भेटवार्ता अत्यन्तै अनुपम भएको रणनीतिकारहरु बताउँछन्।

पाकिस्तानमा गएको ५.८ रेक्टर स्केलको भूकम्पका कारण केहीको मृत्यु भएको छ भने कैयन सर्वसाधारणहरु घाइते भएका छन्। यस भूकम्पले पाकिस्तानको पंजाब प्रान्त र पाकिस्तान-प्रशासित काश्मिर क्षेत्र आसपास ठूलो क्षति पुर्‍याएको छ।
 
फ्रान्स, जर्मनी र बेलायतले ईरानविरुद्ध संयुक्त विज्ञप्ती जारी गरेका छन्। साउदीमा गत सेप्टेम्बर १४ मा भएको आतंककारी हमलामा ईरान जिम्मेदार रहेको उनीहरुको आरोप छ।

टर्की र अमेरिकाले सुरक्षित क्षेत्र घोषणा गरिएको क्षेत्रमा दोश्रो संयुक्त सुरक्षा गस्ती थालेको टर्किको प्रतिरक्षा मन्त्रालयले जनाएको छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वर्तमान अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रचारप्रसार कार्यक्रममा सहभागी भएर भारतीय परराष्ट्रनीतिको बेइज्जत गरेको भन्दै नेता अशोक गहलोतले उक्त घटनाको घोर भर्त्सना गरेका छन्। 

भारतीय 'महानायक' भनेर परिचय बनाएका अभिनेता अमिताभ बच्चनलाई भारतको उच्च सम्मानले सम्मानित गरिने भएको छ। उनलाई दादा साहेब फाल्के पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ।

वेलायतको सर्वोच्च अदालतले प्रधानमन्त्री बोरिस जोनसनले संसद्‌ निलम्बन गर्न लिएको निर्णय गैरकानुनी भएको फैसला सुनाएको छ। प्रधानमन्त्री जोनसनले यसै महिना संसद्‌लाई पाँच हप्ताका लागि प्रोरोग अर्थात् निलम्बन गरिदिएका थिए। यसबाट उनलाई महारानीको सम्बोधनमार्फत्‌ प्रस्तुत गरिने आफ्ना नयाँ नीतिहरू तर्जुमा गर्न समय मिल्ने उनको भनाइ थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।