शनिबार, जेठ २, २०८३

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
१. अमेरिकाको हुस्टनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले र्‍याली गर्दै गर्दा कार्यक्रम स्थल बाहिर भने काश्मिरको अधिकारका पक्षमा तीब्र नाराबाजी भएको छ।

२. सिरियाली राष्ट्रपति बसर अल असादले पश्चिमेली मुलुकहरूकै कारण सिरियाली शरणार्थीहरु घर फर्किन नपाईरहेको बताएका छन्।

३. संयुक्त राष्ट्रसंघका महसचिव एन्टिनियो गुट्रेसले विश्वभरका वित्तीय संस्थाहरुलाई वातावरण परिवर्तनलाई लक्षित गरी लगानी गर्न आह्वान गरेका छन्।

२. इजरायली राष्ट्रपति बेन्जामिन नेतन्याहुले नयाँ सरकार गठनका लागि विपक्षी दलका नेतहरुसँग वार्ता थालेका छन्।

६. केन्याको नैरोबीमा एउटा विद्यालय भवनको छत खस्दा दर्जनौँ छात्रछात्राको मृत्यु भएको छ।

७. पृथकतावादी गतिविधिमा संलग्न रहेको आरोपमा स्पेन प्रहरीले नौ जनालाई गिरफ्तार गरेको छ।

७. इण्डोनेसियाको आकाश रातो आवरणले ढाकिएको छ। वातावरण विज्ञका अनुसार फ्लोएटिङ एरोसोल्स नामक एक प्रकारको सुक्ष्म कणहरुका यस्तो भएको बताएका छन्।

८. बेलायती सांसदमा विवादास्पद बनेको ब्रेक्जिट मुद्दा नै लेबर पार्टीको भेलाको प्रमुख मुद्दा बनेको छ।

९.पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्ने भएका छन्। 

१०.अफगानिस्तानको बरादरका तालिबानी नेताहरुले चिनियाँ प्रतिनिधि मण्डलसँग भेटवार्ता गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।