आइतबार, साउन १७, २०८३

रुसले बनायो विशाल बुद्ध मूर्ति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी - रुसले बुद्धको विशाल बुद्ध मूर्ति बनाएको छ। सुनको यो बुद्धमूर्तिलाई युरोपकै सबैभन्दा अग्लो भनिएको छ। पश्चिम रुसको काल्मिकिआ क्षेत्रमा बनेको बुद्ध मूर्ति साढे १२ मिटर अग्लो र ३० टन तौलको भएको रसिया टुडेले जनाएको छ।

आइतबार २ हजार हाराहारी सहभागी एक समारोहमा ‘शाक्यमुनि बुद्धको स्वर्ण मूर्ति’ अनावरण गरिएको समाचारमा जनाइएको छ।

करिब २ लाख ७५ हजार जनसंख्या भएको काल्मिकिआ क्षेत्र बौद्ध धर्मवालम्बी बाहुल्य क्षेत्र हो । इटहरीका पर्यटनकर्मी सुनिल भुसालले नेपाल भ्रमण वर्ष आउँदै गर्दा युरोपमा बुद्धको विशाल मूर्ति बन्नुले सकारात्मक सन्देश दिने बताए। उनले भने, 'रुसमा पनि बौद्ध धर्मका अनुयायी बाहुल्य राज्य रहेको जानकारी आएकाले उनीहरुलाई लुम्बिनी ल्याउन सरकारले प्रचार गर्न सक्छ।’ रुसमा रहेको नेपाली दूतावासले पहल गरेमा प्रचार सहज हुने भुसालको तर्क छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।