शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. मध्यपूर्वी क्षेत्रीय सुरक्षाका लागि त्यहीँका मुलुकहरु सक्षम रहेको र कुनै पनि वैदेशिक शक्ति यस भूगोलमा रहने नैतिक आधार नरहेको इरानले प्रष्ट्याएको छ।

२. कम्बोडियामा बाढीका कारण १६ जनाको मृत्यु भएको छ। मेकन नदीमा आएको बाढीका कारण नदी किनारमा रहेका स्थानीय बस्तीहरु र नदीमा आश्रित मानिसहरु प्रत्यक्ष प्रभावित भएका छन्।

३. हङकङमा प्रदर्शनकारीहरुले चीनको राष्ट्रिय झण्डलाई बेइज्यतपूर्ण व्यवहार गरी चीनको सम्प्रभूतामाथि प्रत्यक्ष विरोध दर्शाएका छन्।

४. भारतीय तट रक्षकहरुले ६ जना बर्मेली माझीहरुलाई गिरफ्तार गरेका छन्। उनीहरुसँगबाट ४२ मिलियन अमेरिकी बराबरको केटामाइन पनि बरामद गरेका छन्।

५. जापानमा तपाह् नामक सामुद्रिक तुफानले विध्वंशकारी वर्षा निम्त्याएको छ। जसका कारण त्यस क्षेत्रका सम्पूर्ण हवाई उडानहरु रद्ध भएका छन्। अहिले नागासाकी शहरमा १६२ किलोमिटर प्रतिघण्टाको बेगले आँधी चलिरहेको छ।

६.भारतीय केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले पुराना सवारी साधनहरुलाई प्रयोगबाट विस्थापि गर्ने नीति छिट्टै आउने बताएका छन्।

७. भारतीय प्रधानमन्त्री मोदीले अमेरिकाको टेक्सासस्थित एक रंगशालाबाट हाउडी मोदी नामक एक कार्यक्रममा सम्बोधन गर्ने भएका छन्।

८. आफ्ना पुराना आपसी असमझदारीहरुलाई हटाएर मित्रताको हात बढाउन इरान तयार रहेको इरानी राष्ट्रपति हसन रुहानीले बताएका छन्।

९. पाकिस्तान शासित कश्मीरको गिर्गिट बल्टिस्तानस्थित बाबुसर पासमा ठूलो सडक दुर्घटना भएको छ। दुर्घटनामा २६ जनाको घटनास्थलमै मृत्यु भएको छ।

१०. पाकिस्तानी प्रधानमन्त्री इमरान खानले न्युयोर्कमा कश्मीर अध्ययन समूहका संस्थापक फारुक कथ्वारीसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री खान अहिले राष्ट्र संघीय महासभामा भाग लिन अमेरिका पुगेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।