शनिबार, चैत ७, २०८२

हुथी विद्रोहीद्वारा शान्तिवार्ता प्रस्ताव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- गत साता साउदी अरबका तेल खानी र प्रसोधन स्थलमा आक्रमणको दाबी गरेको हुथी विद्रोहीले शान्ति वार्ताको प्रस्ताव गरेको छ।

हुथीका सर्वोच्च राजनीतिक परिषद् अध्यक्ष महदी अलमसातले टेलिभिजन च्यानलमार्फत् साउदी अरेबियामा आक्रमण नगर्ने घोषणा गर्दै शान्ति वार्ताको प्रस्ताव गरेका हुन् । “यदि कसैले हाम्रो पहलमा प्रतिक्रिया दिएनन् भने यो मामलामा फेरि फर्कने र जवाफ दिने अधिकार सुरक्षित छ,” उनले भनेका छन् । 

प्रस्तावको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ। संयुक्त राष्ट्र संघले विज्ञप्ति जारी गर्दै यसले युद्ध अन्त्यका लागि सन्देश प्रवाह गर्ने बताएको छ।  

हुथी विद्रोहीले साउदी अरबमाथि आफूले आक्रमण गरेको दाबी गरे पनि अमेरिका र साउदी अरबले अस्वीकार गर्दै आएका छन्। आक्रमणमा इरान संलग्न भएको उनीहरूको आरोप छ। तर, इरानले आक्रमणको आफ्नो संलग्नताबारे इन्कार गर्दै आइरहेको छ।

गत सेप्टेम्बर १४ मा साउदी अरेबियाको अबक्वेक तेल फ्यासिलिटी र खुरइस तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरिएको थियो । त्यसयता साउदी अरबको तेल उत्पादन आधा घटेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।