शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. आफ्नो भूगोलभित्र कसैले जस्तोसुकै आक्रमण गरे पनि त्यसविरुद्ध अन्तिम घडीसम्म लडिरहने इरानले जनाएको छ। अमेरिका र साउदी सेनाको संयुक्त गतिविधि साउदी अरेबियामा बढेपछि इरानको यस्तो भनाइ आएको हो।

२. बेलायतका लेवर पार्टीका नेता जेरेमी कोरगेनले कुनै पनि प्रकारको राजनीतिक झमेला संसदीय प्रक्रियाबाट थालनी हुन नहुने बताएका छन्। भर्खरै प्रधानमन्त्री जोनसनको युरोपेली संघ छोड्ने जिद्धीले बेलायती संसद निकै समय अकर्मन्यमा फसेको थियो।

३. साउदी अरेबियामा भएको तेल खानीमाथिको आक्रमणले चीन सचेत भएको जनाएको छ। साउदी अरबै जस्तो तेल उत्पादक केन्द्रहरु चीनको पनि रहेको तर सुरक्षाको हिसाबले अत्यन्तै कमजोर रहेको चिनियाँ अधिकारीहरुले जनाएका छन्।

४. फ्रान्सको पेरिसमा पहेँलो भेष्ट लगाएका आन्दोलनकारीहरुले आन्दोलन सुरु गरेको ४५ औं हप्ताको अवसरमा एक पटक फेरि आन्दोलनको आह्वान गरेका छन्।

५. इजिप्टको कायरोमा राष्ट्रपतिविरुद्ध आन्दोलन सुरु भएको छ। आन्दोलनकारीहरुले सरकार भ्रष्टाचारमा लिप्त भएका कारण अल सिसीको सरकारले नैतिक वैधानिकता गुमाईसकेको जनाएका छन्।

६. स्वेत र अस्वेतबीचको रंगभेदबारे बहस चलिरहँदा क्यानेडेली प्रधानमन्त्री त्रुदो एक अर्कालाई अंगालो मार्ने, सेल्फी खिच्ने र सामाजिक रुपमा विभिन्न जातजातिका पृष्ठभूमिबाट आएका मानिसहरुबीच घुलमिल गर्ने एक कार्यक्रममा सहभागी भएका छन्।

७. सजिलो र शान्तिपूर्ण जीन्दगीको खोजी गर्दै उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेकी एक महिला आफ्नो बच्चासहित राजधानी सोलको एक अपार्टमेन्टमा मृत फेला परेकी छन्। उनको मृत्युको कारण भोक नै रहेको छ।

८. भारतको महाराष्ट्र र हरियाणा राज्यमा विधानसभा निर्वाचन आउँदो अक्टोबर २१ मा हुने र त्यसको तीन दिनपछि परिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।

९. अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व शान्ति र स्थिरताका लागि चीन चुनौति भएको बताएका छन्। उनका अनुसार चीनले झण्डै १ सय ५२ अर्ब अमेरिकी डलर बराबर खर्च सेनालाई मजबुद बनाउन र अन्य प्रतिरक्षा प्रणालीमा खर्च गर्न छुट्टाएको छ।

१०. साउदी अरबमा भएको आतंककारी हमलालाई अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले रोक्न नसकेकोमा रुसले व्यंग्य गरेको छ। अमेरिकाले भने अनुसारको अत्यन्तै तेजिलो र चुस्त उक्त ब्यालेस्टिक मिसाइल प्रतिरक्षा प्रणाली नाकाम रहेको रुसले बताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।