शनिबार, चैत ७, २०८२

साउदीमा सेना परिचालन गर्ने अमेरिकाको तयारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
अमेरिका - संयुक्त राज्य अमेरिकाले साउदी अरबका तेल खानी तथा प्रशोधन केन्द्रमा आक्रमण गरिएपछि त्यहाँ आफ्नो सेना परिचालन गर्ने घोषणा गरेको छ। अमेरिकी रक्षामन्त्री मार्क एस्परले साउदी अरबमा "प्रतिरक्षात्मक स्वरूप"मा अमेरिकी सैनिक खटाइने पत्रकारलाई बताए।

तर कति संख्यामा अमेरिकी सैनिक पठाउने भन्ने विषयमा चाहिँ निर्णय भइसकेको छैन। गत हप्ता साउदी अरबमा दुईवटा आक्रमण भएका थिए।

इरानको समर्थनप्राप्त यमनको हूथी विद्रोही समूहले ती आक्रमण आफूले गरेको दाबी गरेको छ। तर अमेरिका तथा साउदी अरबले इरान नै ती घटनामा संलग्न भएको आरोप लगाउँदै आएका छन्।

यसअघि शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सैनिक द्वन्द्वलाई टार्न खोजेको संकेत गर्दै इरानविरुद्ध उच्च तहका प्रतिबन्धहरूको घोषणा गरेका थिए।

नयाँ प्रतिबन्धहरू इरानको केन्द्रीय बैंक र उसको विशेष कोषमा केन्द्रित हुने ट्रम्पले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।