शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. विश्वका प्रमुख शहरहरुमा शुक्रबार लाखौं मानिस विश्वव्यापी मौसम हड्तालमा आबद्द भएका छन्। जलवायु परिवर्तनले ल्याउन थालेको मानवीय संकटका कारण विश्व मानव समुदाय क्रमश प्रताडित हुन थालेपछि बातावरण संरक्षणमा सर्वत्र चेतना जगाउने कार्यक्रम हुन थालेका हुन्।

२. प्रसान्त महासागरीय मुलुक किरिबाटीले ताईवानसँगको कुटनितिक सम्बन्ध अन्त्य गरेको ताईवानी परराष्ट्रमन्त्री जोसेफ वुले जनाएका छन्। 

३. भारतीय अर्थतन्त्रमा मन्दी आउन थालेपछि सरकारले व्यापारिक तथा उद्योगिक क्षेत्रलाई करको केही अंश घटाएर सहुलियत दिएको छ।
भारतीय कम्पनीहरुले आफ्नो नाफाको ३० प्रतिसत आयकर लिईरहेकोमा हाल त्यसलाई घटाएर २२ प्रतिशत बनाइएको छ। 

४. भारतीय रक्षामन्त्री राजनाथ सिंहले सुरक्षा फौजसँग रासायनिक–जैविक हातहतियारविरुद्द लड्न आवश्यक तालिम र उपकरणहरुले सुसज्जित हुन आवश्यक रहेको बताएका छन्। 

५ विख्यात सामाजिक सञ्जाल ट्वीटरले विश्वभरका हजारौं ‘फेक न्युज अकाउन्ट्स’ लाई बन्द गरिदिएको छ। उसका अनुसार ति अकाउन्ट्सले ’फेक न्युज’ प्रसार गर्ने र सामाजिक सौहार्दता खलबल्याउने कार्य गरेको आरोप लगाएको छ। 

६. भारतीय प्रधानमन्त्रीसंगको भेटवार्तापछि मात्रै ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसंग भेट्ने बताइएको छ।
पाकिस्तानका प्रधानमन्त्रीले २३  सेप्टेम्बरमा न्यूयोर्कमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपसँग भेट्न सक्ने संभावना छ।

८. जापानी प्रधानमन्त्री सिन्जो अबेले बढ्दो जनसंख्या संकटका बीच सामाजिक सुरक्षा प्रणालीको आवश्यक सुधार गर्ने तयारी गरेका छन्। 

९. लेबनान र साउदी अरेबियाले १९ बुँदे आर्थिक सम्झौताहरुमा हस्ताक्षर गर्ने तयारी गरिरहेका छन्। मध्यपूर्वमा हाल साउदी अरब क्षेत्रीय असमञ्जस्यबाट गुज्रिरहँदा लेबनानले साउदीसँग गर्न लागेको यस्तो सहमतिलाई समग्र मह्यपूर्वमा अर्थपूर्ण रुपमा लिइएको छ। 

१०. तान्जिनिया र चीनबीच व्यापार–वाणिज्य तथा दुईपक्षीय हितका विविध शिर्षकहरुमा आपसी सम्झौता हुन लागेको तान्जिनियाका विदेशमन्त्रीले जनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।