शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. इन्डोनेसियाली प्रहरीले २ सय जनालाई अनाधिकृत ढंगले वनमा डढेलो लगाएको आरोपमा गिरफ्तार गरेको छ। इन्डोनेसियामा हरेक वर्ष वनमा हुने क्षतिको मुख्य जिम्मेवार मानव जाति नै रहेको राष्ट्रिय प्रहरी प्रवक्ता देदी रासेतोले जनाएका छन्।

२. इरानमा गिरफ्तार भएका अस्ट्रेलियाली विश्वविद्यालयका एक प्राध्यापकलाई इरान १० वर्षको कैद सजायँ तोकेको छ।

३. इजरायलमा भएको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्यामिन नेतन्याहु पुनर्निवाचित हुने कुरा अत्यन्तै अनिश्चित देखिएको छ।

४. लाइबेरियामा एक स्कुलमा भएको आगलागीका कारण २६ ना बालबालिकाको मृत्यु भएको छ।

५. थाईल्याण्डको एक चिडिया घरमा जायन्ट पाण्डाको एक्कासी मृत्यु भएपछि चिनियाँ विज्ञहरुले चासो देखाएका छन्। १९ वर्षको उक्त पाण्डा चीनले थाईल्याण्डलाई दिएको थियो।

६. अमेरिकासँग कुनै पनि तहमा वार्ता हुन नसक्ने इरानी धर्मगुरुको भनाइले इरानी राष्ट्रपति संयुक्त राष्ट्र संघको महासभामा उपस्थित हुने कार्यक्रम रद्ध हुने सम्भावना बढेको छ।

७. पाकिस्तानी विदेश मन्त्रीले भनेका छन् कि पाकिस्तानी हवाई क्षेत्र भएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विमान उडान भर्न दिइने छैन।

८. भारतको उत्तर प्रदेश राज्यका भाजपाका एक नेताविरुद्ध लागेको बलात्कारको आरोप प्रहरीले प्रमाणित नभएको बताएको छ। सञ्चारमाध्यमलाई आलोचना गर्दै विशेष अनुसन्धानका प्रमुख नविन अरोराले कुनै पनि किसिमको मिडिया ट्रायलले उहाँको चरित्र हत्या गर्न नसक्ने बताए।

९. युरोपेली महासंघको संसदले युरोपेली संघले बेलायत संघबाट बाहिरिनेबारे राखेको अडानलाई पूर्ण समर्थन दिएको छ।

१०. पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनको उम्मेदवारका लागि तयारी भइरहेको डेमोक्रेटिक प्राइमरीमा निकै अगाडि रहेको देखिएको छ। उनलाई सिनेटर एलिजाबेथ वारेनले पछ्याईरहेकी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।