शनिबार, चैत ७, २०८२

तालिबान भन्छ : अमेरिकासँग वार्ताका लागि तयार छौं

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काबुल – अफगानिस्तानका विद्रोही तालिबान समूहका मुख्य मध्यस्थकर्ताले संयुक्तराज्य अमेरिकासँग “वार्ताको ढोका” अझै खुला रहेको बताएका छन्। युद्धग्रस्त मुलुक अफगानिस्तानमा मंगलबार दुईवटा भिषण बम हमला गरिएको केही घण्टा नबित्दै तालिबानका तर्फबाट उक्त भनाई सार्वजनिक भएको हो।

तालिबान समूहले जिम्मेवारी लिएका दुईवटा चुनावी र्‍याली लक्षित आत्मघाती बम आक्रमणमा कम्तीमा ४८ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका थिए।

तालिबानसँगको वार्ताका मध्यस्थकर्ता शेर मोहम्मद अब्बास स्टानिक्जाईले देशभर भएका आक्रमणमा तालिबान समूहको भूमिका रहेको र त्यो सही कदम भएको दाबी गरे। 

बीबीसीलाई दिएको प्रतिक्रियामा स्टानिक्जाईले अमेरिकासँगको वार्ताका क्रममा हजारौं तालिबानीको हत्या गरेको अमेरिकी प्रतिनिधिहरुले नै स्वीकार गरेको बताए। विद्रोहीहरुले वार्ताकै बीचमा पनि युद्ध लड्नुको विकल्प नभएकामा उनले जोड दिए। 

उनले तालिबानका तर्फबाट वार्ताको ढोका खुला रहेको स्पष्ट पारे।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबान र अफगानी नेताहरुसँग क्याम्प डेभिडमा सेप्टेम्बर ११ अघि आयोजना गर्न खोजिएको गोप्य बैठक रद्द गरेको घोषणा गरेका थिए। तालिबान समूहले काबुलमा गराएको कारबम आक्रमणबाट एक जना अमेरिकी सैनिकसमेत गरी १२ जनाको मृत्यु भएपछि वार्ता रद्द गरेको उनले बताएका थिए।

अल–कायदा र तालिबानविरुद्ध सन् २००२ यता भएका कारबाहीका क्रममा अफगानिस्तानमा दुई हजार चार सयभन्दा बढी अमेरिकी सैनिकको ज्यान गइसकेको छ। हाल अफगानिस्तानमा १३ देखि १४ हजार अमेरिकी सैनिक तैनाथ छन्। झण्डै १८ वर्ष अफगानिस्तानमा रहेको अमेरिकी सेनाले हाल अफगानी सेनालाई तालिम, सल्लाह र हवाई सुरक्षा प्रदान गर्दैआएको छ ।

अफगानिस्तानमा राष्ट्रपतिको चुनाव हुने तयारी भइरहेकाले पनि आगामी दिनमा निकै बढी हिंसाका घटना हुने अनुमान गरिएका छन्। अफगानिस्तानमा आगामी सेप्टेम्बर २८ मा राष्ट्रपतिको चुनाव हुँदैछ। यो चुनावलाई तालिबान समूहले बहिस्कार गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।