शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
भारतले हावाबाट हावामा मार गर्नसक्ने 'अस्त्र' नामक क्षेप्यास्त्रको परिक्षण प्रक्षेपण गरेको छ।

दक्षिणपूर्वी एसियाको अर्थतन्त्रको केन्द्र मानिने सिंगापुरको स्टक एक्सचेन्ज शुन्य दशमलव ६५ बिन्दुमा झरेको छ। 

इरानले आफूले नियन्त्रणमा लिएको तीनजना अष्ट्रेलियाली नागरिकले इरानविरुद्ध गुप्तचरी गरेको आरोप लगाएको छ। 

बेलायती सर्वोच्च अदालतले प्रधानमन्त्री जोनसनद्वारा निलम्बित संसदकोविरुद्ध परेको रिट उपर सुनुवाई सुरु गरेको छ। 

हाल जारी इरान र अमेरिका बीचको तनाव कम गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, टर्किस राष्ट्रपति रिसिपताइप यर्दोगानले इरानी राष्ट्रपति हसन रुहानीलाई भेटेका छन्।

इजरायलमा संसदीय निर्वाचन सुरु भएको छ। जारी निर्वाचनले वर्तमान प्रधानमन्त्री नेत्यान्याहु सरकारको भाग्य निर्धारण गर्ने छ।

अफगानीस्तानमा दैनिक सरदर ७४ जना मानिसहरु मारिँदै आएका बीबीसीले जनाएको छ। 

हङकङमा हाल जारी आन्दोलन एक सय दिन पुगेको छ। त्यहाँ एक सुपुर्दगी विधेयक उपर विरोध सुरु भएपछि आन्दोलनको विभिन्न स्वरुपहरु जारी रहेको छ।

एउटा विवादास्पद स्रोतको हवाला दिँदै हाल साउदी अरबमा भएको तेल खानी आक्रमणमा इरानबाट क्षेप्यास्त्र प्रक्षेपित भएको हुनसक्ने सिएनएनले जनाएको छ।

इरानी सर्वोच्च धर्म गुरु अयतोल्लाह अली खमेनीले संयुक्त राज्य अमेरिकासँग कुनैपनि हालतमा वार्ता गर्न नसकिने प्रष्ट्याएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।