शनिबार, चैत ७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तान: राष्ट्रपति सहभागी कार्यक्रममा विस्फोट, कम्तीमा २४ को मृत्यु 

अफगानिस्तान: राष्ट्रपति सहभागी कार्यक्रममा विस्फोट, कम्तीमा २४ को मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
अफगानिस्तानमा भएको एउटा आत्मघाती बम आक्रमणमा कम्तीमा २४ जना मारिएका छन् । 

परवान प्रांतमा आयोजित राष्ट्रपति अशरफ गनी सहभागी र्‍यालीमा भएको उक्त आक्रमणमा ३४ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । राष्ट्रपति अशरफ गनी भने सुरक्षित रहेको बताइएको छ । 

यो आक्रमणको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । 

अफगानिस्तानमा सेप्टेम्बर महिनाभित्रै निर्वाचन हुँदैछ । यसैबेला हिंसाका घटनाहरुमा समेत वृद्धि भएको छ । आजै काबुलमा भएको अर्को एक विस्फोटमा तीन जनाको मृत्यु भएको छ । 

विद्रोही तालिबान र अमेरिकाबीचको शान्ति वार्ता अचानकै रोकिएपछि हिंसा झन् बढेको हो । तालिवानले अफगानिस्तानमा आम निर्वाचन हुनै नदिने भनेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।