शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. साउदी अरबको तेल उत्पादन केन्द्रमा भएको आक्रमण प्रति बेलायतले घोर आपत्ति व्यक्त गरेको छ।

२. संयुक्त राष्ट्र संघले श्रीलंकाको जीवनस्तर ७ प्रतिशतबाट खस्किएर ५ प्रतिशतमा झर्ने एक प्रतिवेदनको माध्यमबाट सार्वजनिक गरेको छ।

३. जहाँजहाँ इजरायलीहरुको वासस्थान छ ती क्षेत्रहरु सबै इजरायलकै भएको प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दाबी गरेका छन्।

४. उत्तर कोरियालाई अणुअस्त्रविहीन बनाउनका निमित्त दक्षिण कोरियाले कुनै कसर बाँकी नराख्ने दक्षिण कोरियाली प्रधानमन्त्री मुन जाई इनले जनाएका छन्।

५. अमेरिकामा डेमोक्र्याट्स पार्टीका उच्च नेतृत्व र राष्ट्रपति डोनल्ड ट्रम्पबीच बन्दुकलाई नियमन गर्न बनेको एक विधेयकबारे छलफलका क्रममा धेरै मतभिन्नता पाइएको छ।

६. युरापियन युनियन, जर्मनी र फ्रान्सले बुर्किना फासोको आतंकवाद नियन्त्रण गर्ने प्रयत्नलाई सराहाना गरेका छन्।

७. अमेरिकामा जातिय घृणाविरुद्ध एक हुन पूर्व उपराष्ट्रपति जो बाइडनले आह्वान गरेका छन्। अलावामा राज्यमा भएको एक विस्फोटको ५६ औं वार्षिक स्मृति सभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन्।

८. संयुक्त राज्य अमेरिकाले आफूसँग उपलब्ध सम्पूर्ण तथ्यांकहरुको अध्ययन गर्दा साउदी अरबमा भएको तेल उत्पादन केन्द्रमाथि इरानी सुरक्षा संयन्त्रकै हात रहेको प्रष्ट्याएको छ।

९. पाकिस्तानमा एउटा विद्यालयमा इस्लामिक धर्म गुरु पैगम्बर महमदविरुद्ध एक हिन्दु शिक्षकले दिएको भनाइप्रति रुष्ट मुस्लिम समुदायले सिन्ध प्रान्तमा दंगाफसाद गरेका छन्।

१०. इरानी परराष्ट्र मन्त्रीले अमेरिकाले जतिसक्दो इरानलाई चौतर्फी घेराबन्दी गर्न कोशिष गरे पनि उसको धोकाधडीले इरानी संस्थापन पक्ष नगल्ने बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।