१. फ्रान्सको एक अदालतले कार्यालयको कामको शिलशिलामा भ्रमणमा रहेका बेला यौन सम्पर्क गर्दा एउटा कम्पनीका कर्मचारीको ज्यान गएकोमा कम्पनी नै जिम्मेवार रहेको फैसला गरेको छ।
२. संयुक्त राष्ट्र महासभा भन्दा पहिलेका सत्रहरुमा भाग लिन पाकिस्तानी प्रधानमन्त्री ईमरान खान अमेरिका जाने भएका छन्। यस भ्रमणका दौरान अमेरिकी राष्ट्रपति ट्रम्पसँग पनि भेट्ने कार्यक्रम रहेको पाक सरकारले जनाएको छ।
३. आउँदो सन् २०२० मा हुन गईरहेको अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्राट्सका तर्फबाट उम्मेद्वार छनौट भईरहेको छ। यस दौरान हालैको एउटा अन्तरसम्वाद कार्यक्रममा जन स्वास्थ्यका विषयमाथि छलफल हुँदा उक्त पार्टीका प्रत्यासीहरुमध्ये जो बाइडेन, एलिजाबेथ वारेन र बर्नी स्यान्डर्स अग्रपंक्तिमा रहेका छन्।
४. राजनीतिक आन्दोलनका कारण विश्वकै प्रतिष्ठित हङकङ ओपन टुर्नामेन्ट रद्द गरिएको छ। आउँदो ५ अक्टोबरबाट शुरु हुने तालिका बनाइएको भए पनि हाल हङकङमा जारी आन्दोलनका करण हाललाई स्थगन गरिएको आयोजकले जनाएको छ।
५. हुआवेइ कम्पनीका कार्यकारी प्रमुखले फाइभ जी प्रविधी एक पश्चिमेली कम्पनीलाई बेच्ने प्रस्ताव गरेका छन्। अमेरिकाले हुवावेइबारे दिईरहेका विभिन्न वक्तव्यका बावजुद हुवाबेइ प्रमुखबाट यस्तो भनाइ आएको हो।
६. जुन ५ सन १९८९ मा चीनको तियानानमेन चोकस्थित लोकतन्त्रका लागि भएको आन्दोलनका क्रम चिनियाँ सैन्य ट्यान्करका अगाडि निर्भिक भएर उभिएका एक आन्दोलनकारीको फोटो खिच्ने न्युजविक पत्रिकाका फोटो पत्रकार चार्ली कोलको ६४ वर्षको उमेरमा मृत्यु भएको छ। उनको फोटोले उत्कृष्ट प्रेस फोटोको सम्मान पाएको थियो।
८. जापानको राजधानी टोक्योमा चल्ने नयाँ ट्रेनहरुको आन्तरिक डिजाइनलाई घरको बैठक कोठाको स्वरुपमा ढालिएको छ। जापानीहरुमा ट्रेनप्रतिको अनुरागलाई ध्यानमा राखेर यस्तो स्वरुप निर्माण गर्न लागिएको हो।
९. द्वितीय विश्वयुद्दताका पोल्याण्डकी एक यहूदी युवतीले लेखेको होलोकष्ट डायरी एउटा बैंकको सेफमा सुरक्षित पाइएको छ। उक्त डायरी ७० वर्षपछि फेला परेको हो।
१०. फिलिपिनी राष्ट्रपति रोद्रिगो दुतेर्तेले आफूलाई चिनियाँ राष्ट्रपति सि जिनपिङ्गले संयुक्त उर्जा सम्झौताको नियन्त्रकका रुपमा जिम्मेवारी लिन आग्रह गरेको बताएका छन्। दक्षिण चीन सागरमा आफ्नो प्रभुत्व कायम राख्न चिनियाँ राष्ट्रपतिले यस्तो अनुरोध गरेको बुझिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४