बिहीबार, चैत १२, २०८२

डेंगु ‘फोबिया’ले अस्पतालमा घुइँचो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं - देशभर डेंगुको संक्रमण फैलिन थालेपछि ‘डेंगु फोबिया’ का कारण अस्पताल पुग्नेको संख्या बढ्न थालेको छ। सामान्य ज्वरो आएका वा अलिकती टाउको दुखेका व्यक्तिहरु पनि डेंगुको शंकामा अस्पताल जान थालेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भिडभाड निकै बढेको छ। 

शुक्रबार बालाजुकी एक महिला आफूलाई लामुखुट्टेले टोकेको आशंकामै  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पुगेकी थिइन्। उनका अनुसार लामखुट्टेले टोकेपछि उनको खुट्टा झमझमाउन थालेको र दायाँतर्फ कम्मर दुख्न थालेको थियो। तर समान्य परीक्षणमै केही नभएको पाइएपछि चिकित्सकले उनलाई परामर्श दिएर पठाए।
 
टेकु अस्पतालका चिकित्सक शेरबहादुर पुनका अनुसार पछिल्लो समय जँचाउन आउनेमध्ये डेंगु भएका बिरामीभन्दा डेंगुको शंकाका कारण अस्पताल पुग्नेहरुको संख्या अत्यधिक छ। डेंगुको आशंकमा अस्पताल आइपुगेका व्यक्तिहरुलाई परामर्श दिनमै स्वास्थ्यकर्मीहरु खटिइरहेका छन्। 

डेंगुको संक्रमण प्रकोपकै रुपमा फैलिन थालेपछि ‘डेंगु फोबिया’ पनि बढदै गएको चिकित्सकहरु बताउँछन्। 

फोबियाका कारण अस्पताल आएकाहरुलाई सामान्य परामर्श दिएर पठाउने गरिएको तर, परामर्शबाट ढुक्क हुन नसकेकाहरुलाई परीक्षण पनि गरिएको अस्पतालले जनाएको छ। 

डेंगुका बारे राम्रो जानकारी नहुँदा यस्तो समस्या भएको डा. पुन बताउँछन्। 

केही समयअघि अस्पताल आउने बिरामी मध्ये ७० प्रतिशतमा डेंगु भेटिए पनि पछिल्लो साता डेंगुको संक्रमणको आशंकमा आउने गरेकाको संख्या धेरै भएको टेकु अस्पतालका सूचना अधिकारी रुपनारायण खतिवडा बताउँछन्। 


 
विहान ७ बजेदेखि ओपीडी

अस्पताल प्रशासनका अनुसार अस्पतालमा उपचारका लागि औषत दैनिक ५५० जना बिरामी आउँछन्। तर, पछिल्लो तीन दिनमा यो संख्या ह्वात्तै बढेपछि ग्यारेजमा समेत क्लिनिक सञ्चालन गरिएको छ। 

सूचना अधिकारी खतिवडाका अनुसार अस्पतालमा बिरामीको संख्या बढ्न थालेपछि थप दुईवटा ज्वरो क्लिनिक सञ्चालन गरिएको छ र  जनशक्ति पनि थप गरिएको छ। 

अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि ओपीडी समय पनि थप गरिएको खतिवडाले जानकारी दिए। बिहानको ७ बजेदेखि बेलुकासम्म ओपिडी कक्ष सञ्चालन गरिएको र ल्याब भने २४ सै घण्टा सञ्चालन गरिएको अस्पतालले जनाएको छ। 
 
बिरामीलाई झुलभित्र राखेर उपचार 

अस्पताल परिसरमा समेत डेंगु सर्ने जोखिम उच्च रहेकाले बिरामीलाई झुलभित्र राखेर उपचार गर्न थालिएको छ। अस्पतालमा डेंगुका बिरामीलाई छुट्याइएका २४ वटा शैयामा झुल हालिएको छ। 

भदौ १ गतेदेखि २७ गतेसम्म टेकु अस्पतालमा मात्रै ४ हजार ८३८ जनाले डेंगु परीक्षण गराएकोमा  २ हजार ५७४ जनामा डेंगुको संक्रमण देखिएको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्