शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासीको शरणबारे उठाएका कदमहरुलाई त्यहाँको सर्वोच्च अदालतले सदर गरेको छ।

२. जिम्बाब्वेका पूर्व राष्ट्रपति रबर्ट मुगाबेको अन्तिम संस्कारका निम्ति सरकारले तयार गरेका सम्पूर्ण कार्यक्रमहरु उनका परिवारले नमान्ने भएका छन्।

३. फ्रान्सले राष्ट्रपति इम्यानुअल म्याक्रोँको चुनावी रणनीतिकार रिचर्ड फेराँले म्याक्रोँको राष्ट्रपतीय चुनावको दौरान प्रचारका क्रममा गम्भीर आर्थिक अनियमितता भएको र मुलु्कको निर्वाचन संहितविरुद्ध खर्च भएको प्रमाणित भएको बताएका छन्।

४. एसियाको भ्रमणमा निस्किएका दुईजना अस्ट्रेलियाली नागरिक इरानमा बेपत्ता पारिएको झण्डै १० हप्तापछि सार्वजनिक गर्दै जेल चलान गरिएको छ।

५. भारतले संविधानको धारा ३७० खारेज गरेपछि कश्मीरी जनताहरुमा राजनीतिक एवम् सामाजिक अन्यौलता छाएको छ। झण्डै ४० हजारको ज्यान जाने गरी सन् १९४८ देखि २०१९ सम्म कश्मीरीहरुले भोगिरहेको एक किसिमको गृहयुद्ध अन्त्य भएको कश्मीरीहरुले बताउन थालेका छन् तर अझै पनि राजनीतिक अन्यौलता नहटिसकेको उनीहरुको अनुभव छ।

६. अमेरिकी उत्पादनहरुलाई चिनियाँ बजारमा विस्तारै प्रवेश गर्न दिने चिनियाँ प्रशासनले बताएको छ। बिहीबार जारी एक विज्ञप्तीमा १६ वटा बस्तुको बर्गिकरण गरी तिनलाई तत्कालै चिनियाँ बजारमा प्रवेश दिने बताइएको छ।

७. विश्व व्यापार संगठनका प्रवक्ता केथ रकवेलले संगठनको अवस्था यसको विधानमुताबिक नरहेको र धेरै एकपक्षीय गतिविधिहरु भइरहेको बताएका छन्। तथापि संगठनमा आबद्ध मुलुकहरुले बहुपक्षीय हितमा विश्व व्यापारलाई प्रबद्र्धन गर्नुपर्ने यसको विधानमा उल्लेख छ।

८. इरानी राष्ट्रपति हसन रहानीले यदि इरानको सामाजिक एवम् राजनीतिक स्थिरतामा खलल पुर्याउने गतिविधि अमेरिकाले नगर्ने हो भने कुनै पनि बेला आफ्नो आणविक कार्यक्रमबाट पछि हट्ने बताएका छन्।

९. स्कटल्याण्डको नागरिक उच्च अदालतले हाल संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोनशनले मुलुकको सार्वभौम संसदलाई स्वेच्छाचारी ढंगले निलम्बन गरेको कार्यलाई गैरकानूनी करार गरेका छन् 

१०. ईजिप्टको एउटा अदालतले गैरकानुनी घोषित मुस्लिम ब्रदरहुड समूहका ११ जना प्रभावशाली नेताहरुलाई मृत्युदण्डको घोषणा गरेको छ। उनीहरुमाथि राज्यविरुद्ध गुप्तचरी गरेको आरोप लगाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।