आइतबार, साउन १७, २०८३

लद्दाखमा चिनियाँ र भारतीय सेनाबीच घम्साघम्सी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- भारत र चीनको सीमा क्षेत्रमा पर्ने लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच घम्साघम्सी भएको छ।

भारतीय समाचार एजेन्सीका अनुसार बुधबार लद्दाखस्थित पेन्गोङ तालको उत्तरी क्षेत्रमा दुवै सैनिकबीच घम्साघम्सी भएको हो।  

एजेन्सीका अनुसार ताल क्षेत्रमा भारतीय सैनिक गस्ती गरिरहेकोबारे चिनी पीपल्स लिबरेसन आर्मीले विरोध जनाएपछि दुवै पक्षबीच संघर्ष चलेको थियो। तालको दुई तिहाई हिस्सा चीनको नियन्त्रणमा छ।

संघर्षपछि दुवै देशले सैनिक थपेकाे एजेन्सीले जनाएका छन् । 

भारतीय सेनालाई उद्धृत गर्दै एजेन्सीले भनेका छन्- तनावपछि भारत तथा चीनका ब्रिगेडियर स्तरको द्विपक्षीय वार्ताका लागि तयार भएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।