शनिबार, चैत ७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बेलायती आप्रवासन नीतिमा परिवर्तन, विद्यार्थीहरुलाई फाइदा

बेलायती आप्रवासन नीतिमा परिवर्तन, विद्यार्थीहरुलाई फाइदा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
बेलायतमा अध्ययन गर्ने अन्य देशका विद्यार्थीहरुले पढाई सकिएको दुई वर्षसम्म त्यहीँ रहेर रोजगार खोज्न पाउने पाउने भएका छन् । बेलायतको गृहमन्त्रालयले गरेको नयाँ कानुनको प्रस्तावमा यसको घोषणा गरिएको छ । 

यो नयाँ प्रस्तावबाट पढाई पूरा गरेको चार महिनापछि बेलायत छोड्नै पर्ने सन् २०१२ मा तत्कालीन गृहमन्त्री टेरीजा मेले ल्याएको नियममा परिवर्तन हुनेछ । 

बेलायतका प्रधानमन्त्री बोरिस जनसनले परिवर्तित यो कानुनका कारण विद्यार्थीहरुलाई आफ्नो क्षमता उजागर गर्ने र बेलायतमा करिअर शुरु गर्ने अवसर प्राप्त हुने बताएका छन् । 
यद्यपि, एउटा अभियानी समूह ‘माइग्रेशन वाच’ ले यसलाई ‘प्रतिगामी कदम’ भनेको छ ।

नयाँ कानुन ती सबै विदेशी विद्यार्थीहरुमा लागू हुने छ जो बेलायतमा अगामी वर्षदेखि ग्राजुएशन या त्यो भन्दा माथिल्लो स्तरको अध्ययन शुरु गर्नेछन् । 

बेलायती विश्वविद्यालयका चीफ एग्जिक्युटिव ऐलिस्टर जार्विसले पनि नयाँ निर्णयको स्वागत गरेका छन् । उनले यो निर्णयबाट बेलायतको अर्थव्यवस्थामा सुधार आउने र बेलायत विद्यार्थीहरुको पहिलो छनोटमा पर्ने बताएका छन् । 

बेलायतमा अहिले करिब साढे चार लाख विदेशी विद्यार्थी अध्ययनरत छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।