शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. राष्ट्र संघले कश्मीरबारे मुद्दा भारत र पाकिस्तान दुई देशबीच वार्ताबाट समाधान गर्नुपर्ने प्रष्ट पारेको छ। राष्ट्र संघ महासचिवका प्रवक्ताले हालै एउटा छलफलका क्रममा कश्मीरबारे भारत र पाकिस्तानबाहेक अरु कसैलाई चासो हुनुनपर्ने बताएका पनि छन्।

२. सिरीयामा विद्रोहीलाई लक्षित गरी प्रहार गरिएको हवाई क्षेप्यास्त्रमा परी एक जना वृद्ध व्यक्ति मारिएका छन्। मुस्लिम जिहादीहरुको शिविर भनी लक्षित गरिएको उक्त क्षेप्यास्त्र एकल जीवन विताईरहेका एकजना वृद्ध बस्ने घरमा खसेको थियो।

३. इरानले अमेरिका र इरानबीच कुनै पनि किसिमको शान्ति वार्त हुन नसक्ने बताएको छ। ट्रम्पले इरानसँग पनि शान्ति वार्ता गर्न सकिने बताईरहँदा इरानको यस्तो प्रतिक्रिया आएको हो।

४. बेलायतमा अध्ययनरत विदेशी विद्यार्थीहरुले पढाइ सकिएपछि दुई वर्ष बेलायतमै रोजगारीका लागि प्रयास गर्न पाउने प्रवेशाज्ञा जारी गर्न लागेको बेलायत सरकारले सार्वजनिक गरेको छ।

५. उत्तर कोरियाली नेता किम जोङ उनले एक बहुरकेट प्रक्षेपक प्रणालीको उद्घाटन गरेका छन्।

६. सेप्टेम्बर ११, २००१ को आतंकवादी हमलाको १८ औं वर्षगाँठमा अफगानिस्तानस्थित अमेरिकी दूतावासमा रकेट हमला भएको छ। 

७. चिनियाँ खगोलशास्त्रीहरुले ‘फास्ट रेडियो बस्र्ट’ एफआरबीलाई अवलोकन गर्न सकिने सर्वाधिक संवेदनशील रेडियो दूरबिन आविस्कार गरेका छन्।

८. जर्मनीको पश्चिमी भेगस्थित एउटा गाउँमा ठूलो कराई विस्फोट हुँदा एकजना महिलाको मृत्यु हुनुका साथै १४ जना सख्त घाइते भएका छन्।

९. चिनियाँ विदेशमन्त्री वाङ यी अफगानिस्तान, पाकिस्तान, नेपाललगायत दक्षिण एसियाका मुलुकहरुको भ्रमण गरेर स्वदेश फर्किएका छन्। उनी एउटा बहुदेशीय व्यापार तथा पारबहन सन्धीलाई सहजता दिनका लागि दक्षिण एसियाली मुलुकहरुसँग समझदारी गर्न भ्रमणमा निस्किएका थिए।

१०. चीन र कजाकस्तानले एउटा स्थायी तर भरपर्दो रणनीतिक साझेदारीमा दुई पक्षीय सम्झौता गरेका छन्। चिनियाँ राष्ट्रपति सि जिनपिङ र कजाक राष्ट्रपति कास्सिम जोमार्तबीच भएको एक भेटवार्तामा उक्त सम्झौता भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।