शनिबार, चैत ७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रकस्टार शैलीमा दर्शकमाझ उभिएर पद त्यागे अलीबाबाका संस्थापकले

रकस्टार शैलीमा दर्शकमाझ उभिएर पद त्यागे अलीबाबाका संस्थापकले

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी- अनलाईन व्यापार कम्पनी अलीबाबाका संस्थापक ज्याक माले अध्यक्ष पदबाट अवकास लिएका छन्।

चिनियाँ कम्पनी अलीबाबाको मंगलबार २० औं वार्षिकोत्सवको एउटा भव्य समारोहमा माले अवकास लिएका हुन्।

उनले अवकास लिनेबेला अनौठो उपाय अपनाएका छन्। ५५ वर्षीय माले रकस्टारको ‘लुक्स’ करिब ८० हजार दर्शकमाझ उभिएर आफूले कम्पनीको अध्यक्ष पद त्यागेको जानकारी गराए।

गिटारसहित रंगशाला आएका उनले केही पप/रक गीतहरुसमेत गाए। उनले आफूले कम्पनीको अध्यक्ष पद त्याग्न लागेको घोषणा गर्दै गर्दै उनको आँखामा आशु बगिरहेको एजेन्सीहरुले उल्लेख गरेका छन्।

उनले कम्पनीमा कार्यरत कर्मचारीहरुलाई धन्यवाद दिँदै मंगलबार रातिदेखि नै आफ्नो नयाँ जिन्दगी सुरु हुने उल्लेख गरेका थिए।

उनले भनेका थिए, ‘मलाई विश्वास छ, संसारमा धेरै अवसरहरु छन्, यही कारण कि मैले छिट्टै अवकास लिने घोषणा गरेँ।’

मासँगै अलिबाबाका को–फाउण्डर लुसी पेंग र टेक्नोलोजी कमिटी सिइओ जिआनले पनि रकस्टार लुक्समा प्रस्तुति दिएका थिए।

अलीबाबा अनलाईन व्यापार गर्ने संसारको दोस्रो ठूलो कम्पनीका रुपमा परिचित छ।

अलीबाबाका नयाँ अध्यक्ष डेनियल झाङले पनि एकल प्रस्तुति दिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।