बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

काबुल विमानस्थलमा फेरि हमला हुन सक्ने चेतावनी

मेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा फेरि हमला हुन सक्ने चेतावनी दिएका छन्।
 |  आइतबार, भदौ १३, २०७८
nespernesper

बीबीसी

बीबीसी

आइतबार, भदौ १३, २०७८

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा फेरि हमला हुन सक्ने चेतावनी दिएका छन्। बाइडनले अमेरिकी कमान्डरहरूले आफूलाई चाँडोमा आइतबार नै पनि त्यस्तो हमला हुन सक्ने जानकारी दिएको बताएका छन्। अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकलाई ‘खतरा’ रहेकाले विमानस्थल क्षेत्रबाट बाहिर रहन भनेको छ।

himalayan bank box

अमेरिका आफ्ना नागरिकलाई अफगानिस्तानबाट स्वदेश फर्काइरहेको छ भने ब्रिटेनले भने आफ्ना सैनिक र अधिकारीहरूलाई स्वदेश फर्काइसकेको छ। गत बिहीबार विमानस्थल नजिकै भएको एक आत्मघाती हमलामा कम्तीमा १७० जनाको ज्यान गएको थियो।

हमलाको जिम्मेदारी इस्लामिक स्टेटको स्थानीय शाखा इस्लामिक स्टेट  केले लिएको थियो। काबुल विमानस्थलमा भएको हमलाको जबाफमा अमेरिकाले शुक्रबार अबेर पूर्वी अफगानिस्तानमा ड्रोन हमला गरेको थियो र उक्त आक्रमणमा आईएसकेका दुई जना सदस्य मारिएको दाबी गरिएको छ। 

मारिएकाहरू काबुल विमानस्थल बम विस्फोटका रणनीतिकार बताइएको छ। बाइडनले शनिबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘काबुल हमलाकारीमाथि त्यो हाम्रो अन्तिम प्रतिआक्रमण होइन उनीहरूलाई छोडिनेछैन।’ आईएस–के अफगानिस्तानको सबभन्दा हिंस्रक चरमपन्थी संगठन रहेको र उसको तालिबानसँग स्पष्ट मतभेद रहेको बताइन्छ। 

प्रकाशित: Aug 29, 2021| 11:06 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।