शनिबार, चैत ७, २०८२

अमेरिकी सेनाविरुद्ध लडाई जारी राख्ने तालिवानको चेतावनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
अफगानिस्तान - तालिवान लडाकू समूहले अफगानिस्तानमा अमेरिकी सेनाविरुद्धको लडाई जारी राख्ने चेतावनी दिएको छ। 

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिवानसँगको शान्ति वार्ता “मृततुल्य“ भएको बताएपछि तालिवानको सो भनाई आएको हो। 

तालिवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले अफगानिस्तानमा तालिवानको कब्जा अन्त्य गर्ने दुई तरिकाहरु भएका जिहाद लडाई र अर्को वार्ता भएको एएफपी समाचार समितिलाई बताएका छन्। 

‘यदि ट्रम्प वार्ता रोक्न चाहन्छन् भने हामी पहिलो तरिका अपनाउँछौं र उनीहरूले चाँडै नै पश्चाताप गर्नेछन्’ मुजाहिदले बताएका छन्। तालिबानको उक्त विज्ञप्ति १८ वर्ष भन्दा बढी समयदेखि जारी अफगान युद्धको अन्त्यका लागि हुने वार्ता अमेरिकी राष्ट्रपतिले रद्द गरेपछि आएको हो।

ट्रम्पले शनिबार ट्वीटमार्फत क्याम्प डेभिडमा अफगानिस्तानका राष्ट्रपति र तालिवान नेताहरूसँग आइतबार हुने भनिएको गोप्य बैठकहरु रद्द भएको घोषणा गरेका थिए। 

ट्रम्पले सोमबार ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिवानसँगको शान्ति वार्ता “मृततुल्य“ भएको बताएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।